|

रुकुम : जिल्ला शिक्षा कार्यालय रुकुमले शिक्षक दरबन्दी मिलानको कार्यलाई अन्तिम चरणमा पु¥याए पनि बुधबार शिक्षा विभागले शिक्षकको नियुक्ति, सरुवा र दरबन्दी मिलानसँग सम्बन्धित कुनै पनि कार्य नगर्न÷नगराउन आदेश दिएपछि अन्योलता बढेको छ । 

लामो समयसम्म जिल्लामा दरबन्दी मिलान कार्य नहुँदा धेरै विद्यार्थी संख्या हुने विद्यालय मारमा परेको गुनासो आउने गरेको थियो । ‘हामीले उक्त विषय अन्तिम चरणमा पु¥याएका थियौ,ँ’ जिल्ला शिक्षा अधिकारी कुँवरले भने, ‘विभागबाट पत्र आएपछि तत्कालका लागि रोकिएको छ ।’ यसले गर्दा थप अन्योलता छाएको उनको भनाई छ । जिल्लामा सात सय ६८ प्राथमिक, एक सय ३५ निम्न माध्यमिक र ९८ माध्यमिक तहको शिक्षक दरबन्दी छ । 

विद्यार्थी अनुपातमा शिक्षकहरु कम भएकाले विद्यालयलाई समस्या भएको छ । आन्तरिक आयस्रोत नहुँदा पनि निजी शिक्षक राखेर पढाउनुपर्ने बाध्यता भएको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बाँफिकोट गाउँपालिका–७ का प्रधानाध्यापक हीरालाल खनालले बताए । 

आयस्रोत नहुँदा निजी शिक्षकलाई तलब खुवाउनसमेत हम्मेहम्मे परिरहेको र शिक्षक दरबन्दी मिलान भए उक्त समस्या समाधान हुने उनको भनाई छ ।
‘कुनै विद्यालयमा ३० जना विद्यार्थी छन्,’ उहाँले भन्नुभयो, ‘त्यस्तो विद्यालयमा पाँच जना शिक्षक छन् । यसले गर्दा विद्यालयमा समस्या भएको छ ।’ जिल्ला शिक्षा अधिकारी कुँवरका अनुसार दुई सय विद्यार्थी भएका ठाउँमा दरबन्दी शून्य छ । त्यस्ता विद्यालयको असमानता हटाउन दरबन्दी मिलान गर्न लागिएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.