|

दमक(झापा) : आफूलाई दुर्व्यवहार भएको भन्दै चक्काजामसहित आन्दोलनमा उत्रिएका विद्यार्थी र प्रहरीबीच दमकमा झडप भएको छ। पूर्व पश्चिम राजमार्गअन्तर्गत दमक खण्डमा चक्का जाम गरेका विद्यार्थीलाई सडकबाट हटाउने क्रममा लाठी प्रहार भएको हो।

लाठी प्रहारबाट दमक बहुमुखी क्याम्पसका स्ववियू सभापति विनोद चापागाईँ, सचिव रोशन भण्डारीलगायतलाई सामान्य चोट लागेको छ। आफूले विद्यार्थीका समस्याबारे प्रहरी प्रशासनमा जानकारी गराउँदासमेत उपेक्षा गरेको सचिव भण्डारीले बताए। विद्यार्थीहरूले स्वतः स्फूर्त रूपमा आफ्नाे अपमानविरुद्ध आन्दोलन गरेको उनले जनाएका छन्। विद्यार्थीहरूले दमकको पशुहाट क्षेत्र तथा क्याम्पसमोडमा सडक अवरुद्ध पारेका थिए। 

यातायात व्यवसायीले विद्यार्थीलाई दुर्व्यवहार गरेको भन्दै सडक अवरुद्ध गराएका हुन्। केही दिन अघि भएको त्रिपक्षीय छलफलमा पूर्व-पश्चिम राजमार्गमा  पोशाक लगाएका विद्यार्थीले बस रोक्दा रोक्ने, गन्तव्य स्थानसम्म पुर्‍याउने र नेपाल सरकारले विद्यार्थीका लागि प्रदान गराएको छूट बराबरको छुट उपलब्ध गराउने सहमति भएको थियाे। स्वतन्त्र विद्यार्थी युनियन दमकका सभापति विनोद चापागाइँले सो सहमति र छुटसमेत विद्यार्थीहरूले नपाएको बताए। 

विद्यार्थीहरूको माग संबोधन गर्ने प्रहरी प्रशासनबाट प्रतिवद्धता आएपछि दुई घण्टा अवरुद्ध बनेको सडकमा सवारी साधन सञ्चालनमा आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.