|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र निरक्षरता हटाउने अभियानअनुसार मुगुका एकजना विद्यार्थीलाई विद्यालय भर्ना गरेका छन्। मुगुको मुगुको कार्मारोंग गाउँपालिका ८ का छिजु तामाङ र कार्माटोन्डु लामाका ६ वर्षीया छोरी थिल्नेसाङ् तामाङलाई प्रधानमन्त्रीले विद्यालय भर्ना गरेका हुन्। तामाङलाई बुद्ध मावि मांग्रीमा भर्ना गरिएको हो।

छात्राको अभिभाकत्व ग्रहणको पुस्तिकामा हस्ताक्षर गर्नुभएका प्रधानमन्त्रीले तामाङलाई पोशाक र पुस्तक पनि प्रदान गरेका छन्। त्यसैगरी प्रधानमन्त्री पत्नी राधिका शाक्यले पनि बुद्ध माविमा छेरिङ छोन्तोम लामालाई विद्यालय भर्ना गरेकी छन्। शाक्यले टोमा लामा र कार्मा नाम्ग्याल लामाकी छोरी छेरिङको अभिभावकत्व पनि ग्रहण गरेकी छन्। छेरिङ २०६७ माघ १७ गते जन्मिएकी थिइन्।

प्रधानमन्त्री ओलीले विद्यार्थी भर्ना सप्ताह सुरु भएको अवसरमा विद्यालयमा भर्ना गरेर ती बालबालिको  अभिभावकत्व लिएका हुन्। प्रधानमन्त्रीले दुई वर्षभित्र निरक्षरता हटाउने अभियान घोषणा गर्दै एक अभिभावकले एक जना विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना अभियानमा सघाउन सवैलाई अपिल गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.