|

धनगढी : प्रदेशमा ७ मा  छ हजार चार सय बाइस बालबालिकाहरु बिद्यालय बाहिर रहेका छन। शैक्षिकसत्र ०७४ को क्षेत्रिय शिक्षा निर्देशनालको तथ्याङ्क अनुसार बाजुरमा ४३२, बझाङमा ५१४, अछाममा १ हजार १ सय ५६, डोटीमा ४ सय ७७, कैलालीमा २ हजार ३ सय ९४, दार्चुलामा २ सय ६३, बैतडीमा १ सय १४, डडेल्धुरामा ३ सय ३२  र कंचनपुरमा ६ सय ४०  बिद्यालयको पहुँच भन्दा बाहिर  रहेको निमित्त क्षेत्रिय शिक्षा निर्देशक मान सिंह बिष्टले बताए। 

प्रदेशका जिल्ला कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी, बैतडी, अछाम, बझाङ, बाजुरा र दार्चुलामा भएका साथ अभियानको सुरुवात गरिएको छ।  स्थानीय तह र बिद्यालय मिलेर बिद्यार्थी भर्ना तथा घरदैलो अभियान सुरु गरिएको निमित्त क्षेत्रिय शिक्षा निर्देशक मान सिंह बिष्टले बताए। बिष्टले भने भने ‘स्थानीय तहका जनप्रतिनिधी, शिक्षक, बिद्यार्थी र बाल क्लबहरु मिलेर घरदैलो अभियान अन्तरगत घरदैलो भेटघाट  गर्ने कार्यक्रम छ।’

यस शैक्षिकशत्रमा शतप्रतिशत बिद्यार्थी बिद्यालय भित्र ल्याउने लक्ष्य रहेको डोटीको पुर्वीचौकी गाउँपालिका अध्यक्ष दिर्घराज बोगटीले बताए। बोगटीले भने ‘हामी बिद्यालय नआउने बच्चाको घर–घरमा पुग्ने र कन्भेन्स गर्नुका साथै उनिहरुका समस्या बुझ्ने योजना छ।’

प्रदेश ७ मा बिद्यार्थी भर्ना अभियान सुरु भएको छ। आइतबार देखी बैशाख १४ सम्म सरकारले बिद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने कार्यक्रम रहेको छ। 

मुख्यमन्त्रीले गरे भर्ना अभियानको सुरुवात 

भर्ना अभियानको सुरुवात प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गरे। कैलालीको गेटामा रहेको  सरस्वती माध्यामिक विद्यालयमा विद्यार्थी नम्रता रानाको भर्ना गरेर अभियानको औपचारिक सुरुवात गरिएको हो। 

मुख्यमन्त्री भट्टले विद्यालयमा भर्ना मात्र भन्दा पनि नियमित टिकाउनु ठुलो चुनौती रहेको बताए। मूख्यमन्त्री भट्टले भने ‘कक्षा १ मा भर्ना हुँदा धेरै बिद्यार्र्थी हुन्छन तर कक्षा दशमा आईपुग्दा आधा भन्दा धेरै  रहदैनन्।’  नानी बाबुको मस्तीस्क निमार्ण गर्ने शिक्षकले दत्तचित्त भएर अध्यापन गराउनु  पर्ने मूख्यमन्त्री भट्टले बताए।  
आर्थिक अभाबका कारण पढाई छोडेर भारत वा अन्य मूलुक जानु पर्ने बाध्यता सुदूरपश्चिमेलीसंग रहेको बताए । उनले आफ्नै उदाहरण पेश गर्दै  भने ‘म पनि धेरै पढ्न चाहन्थे तर, गरिबीकै कारण बिचमै विद्यालय छोडेर भारतमा रोजगारी गर्न जानु पर्‍याे।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.