|

हेटौँडा : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हेटौँडामा जारी नयाँ वर्ष शुभकामना विराट महायज्ञको अवलोकन गरेका छन्। पार्टी कामको सिलसिलामा हेटौँडा पुगेका देउवाले गोरक्षेश्वर दिव्यधाममा सामाजिक सद्भावका लागि शनिबारबाट जारी महायज्ञ सोमबार अवलोकन गरेका हुन्।

महायज्ञमा शुभकामना व्यक्त गर्दै देउवाले यस्ताखाले महायज्ञले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता काम गर्न सहयोग पुग्ने बताए। नेता देउवाले नेपालका उद्यमी अजेयराज सुमार्गीको संयोजकत्वमा महायज्ञ भइरहेको भन्दै सफलताको शुभकामना व्यक्त गरे। प्रत्येक ५/५ वर्षमा निरन्तर महायज्ञ गर्दै आएको भन्दै महायज्ञ मूलसमारोह समितिका संयोजक सुमार्गीको देउवाले प्रशंसासमेत गरे। 

सानै उमेरमा कथावाचन गरेर धार्मिक एवं सामाजिक हितमा लागेको भन्दै पूर्वप्रधानमन्त्री देउवाले कथावाचक देवीप्रतिभा पराजुलीको पनि प्रशंसा गरे। महायज्ञमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशशरण महत, प्रदेश-३ नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, पूर्वसभासद् प्रह्‍लाद लामिछाने, नेपाली सेनाका सहायक रथी सञ्जय भण्डारीलगायत उपस्थित थिए। 

महायज्ञअन्तर्गत सोमबार सिर्जना मिलन टोल खैजडी भजन समूह हेटौँडा-९ र ऋषेश्वर खैजडी भजन समूह हेटौँडा-१२ बीच प्रतिस्‍पर्धा हुने महायज्ञ मूलसमारोह समितिका महासचिव ह्याग्रिव आचार्यले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.