|

ओखलढुंगा : पछिल्लो समय ओलढुंगामा आत्माहत्या गर्नेको संख्या बढेको छ।

जिल्लामा चालू आर्थिक वर्षको अहिलेसम्म मात्रै ३४ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ । यसमा महिला १४ र पुरुष १७ रहेका छन् भने ३ जना बालबालिका समेत रहेका छन्।

यो अवधिमा २० जनाले झुण्डिएर र ६ जनाले विष सेवन गरेर देहत्याग गरेको प्रहरी तथ्यांकमा उल्लेख छ । 

आत्महत्या गर्ने १३ देखि ४५ वर्ष उमेर समूहका रहेका छन् । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार पछिल्लो चार वर्षको तथ्यांकले आत्महत्या गर्नेको संख्या बढ्दो क्रममा रहेको देखाउँछ। 

आर्थिक वर्ष २०७१/०७२ मा १४ जनाले आत्महत्या गरेकामा २०७२/०७३ मा २६ जनाले आत्महत्या गरेको देखिएको छ।

 यस्तै, आर्थिक वर्ष २०७३/०७४ मा आत्महत्या गर्नेको संख्या बढेर ३१ पुगेको छ भने चालु आर्थीक वर्षको चैत मसान्त सम्ममा ३४ जनाले आत्मा हत्या गरेको तथ्यांक छ।

ओखलढुंगमा प्रहरीको तथ्याङ्क हेर्दा १५ देखी ४५ वर्ष उमेर समुहका मानिसहरुले आत्माहत्या गरेको देखीन्छ ।
 मानवीय इच्छा र आँकाक्षाहरु अनगिन्ती हुने र ती पूरा नहुँदा निराश भएर आत्महत्याको बाटो रोज्ने विज्ञहरु बताउँछन् ।

ओखलढुंगामा आत्महत्याको गर्नेको आँकडा डरलाग्दो रहेकाले यसलाई न्यून गर्न सचेतना कार्यक्रमको सञ्चालन गर्नुपर्ने आवश्यकता छ ।
आत्महत्याका घटनामा कमी ल्याउन प्रहरीले विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ । 

आत्महत्याका घटना बढ्दै जानाको मुख्य कारण मानिसको व्यस्त जीवनशैली र तनावलाई मानिन्छ । 
तनावग्रस्त मानिसमा घोरिने, चिट्चिट पसिना आउने, बेलाबेलामा झस्किने, कसैसँग कुरा गर्न नचाहने, बहकिने, एकान्तमा बस्न मन पराउने, लागुपदार्थ सेवन गर्नेलगायतका लक्षण देखा पर्छ ।

 त्यस्ता व्यक्तिलाई समयमै सम्झाइबुझाई गर्नुपर्ने र एक्लै यताउति जान नदिने प्रहरीको सुझाव छ । यसका साथै प्रेममा धोका, पारिवारिक कलह, कमजोर आर्थिक स्थिति, मानसिक रोग, मादकपदार्थ सेवनको लत पनि आत्महत्याका कारण भएको प्रहरी अनुसन्धानले देखाएको छ । 

“आत्महत्याको घटना कुनै एक व्यक्ति वा निकाय लागेर मात्र नियन्त्रणमा आउन नसक्ने र यसका लागि सबै पक्षको सहयोग चाहिने हुन्छ , त्यसमा पनि हामी सबैलै पहिलो प्रथमिकतामा जनचेतनाई राख्यौं भने केही न्युनीकरण हुने प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए ।”  

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी प्रमुख अनन्तराम शर्मा जिल्लाका विभिन्न विद्यालयमा सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने र मनोपरामर्श दाताहरुलाई  खटाउनु पर्ने बताउँछन् । 

त्यस्तै गरी जिल्ला अस्पताल रुम्जाटार ओखलढुंगाका डा अजित आचार्य आत्महत्याको घटना कम गर्न विद्यालयस्तरदेखि नै मनोशिक्षाको अध्यापन गराउनुपर्ने बताउछन् । उनी भन्छन् — “तत्कालका लागी मनोपरामर्श र जनचेतना नै प्रमुख भए पनि राज्यले विद्यालयस्तरदेखि नै मनोशिक्षाको पाठ्यक्रम लागु गरे ८० प्रतिसत यो क्रम रोकीने छ ।”

आत्महत्या एक रोग जस्तै गरी देखा पर्न थालेको उनको मूल्याँकन छ । जिल्लामाका बिभिन्न स्थानमा बिभिन्न गैरसरकारी संस्थाहरुले मनोपरामर्शको कक्षा संचालन गरेपनि प्रभावकारी भने देखीएको छैन । यो समस्या न्युनिकरणका लागी जिल्लामा सचेतनाका साथै मनो शिक्षा नै आवस्यकता भएको देखीन्छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.