|

कञ्चनपुर : भारतमा लामो समय काम गरेर फर्कने कञ्चनपुरका अधिकांशमा औलोको जोखिम बढ्दो रुपमा रहेको पाइएको छ।
जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरले गरेको सर्वेक्षण अनुसार स्थानीय भन्दा भारतमा काम गरेर फर्कनेमा औलोको जोखिम बढ्दो रुपमा रहेको पाएको हो।

जनस्वास्थ्य कार्यालयका किटजन्य रोग अधिकृत हेमराज जोशीका अनुसार सन् २०१७ मा भारत बाट काम गरेर फर्कने ५८ जनामा औलो देखा परेको थियो। सन् २०१६ मा ४२ जनामा औलो देखिएको थियो। 

सन् २०१२ मा ७१ ,सन् २०१३ मा ७२, सन् २०१४ मा ८१ र सन २०१५ मा ३९ जनामा औलो देखिएको थियो।

भारतका गुजरात, चेन्नई, नयाँ दिल्ली, वैंगलोर, हल्द्धानी, पंजाव, उत्तर प्रदेश, आन्ध्रप्रदेश, तमिलनाडु, उडिसा, लगायत क्षेत्रमा लामो समय बसेर फर्केकामा औलो बढी देखिएको अधिकृत जोशीले बताए।

उनका अनुसार जनस्वास्थ्य कार्यालयले भारतबाट आउने विरामीलाई आयातित र जिल्लामा बसोवास गर्ने विरामीलाई स्थानिय भनेर छुट्टयाई उपचार गर्ने गरेको छ। 
भारतमा काम गर्न जाने व्यक्तिहरुले औलोबाट बच्नका लागि अपनाउनु पर्ने सावधानी नअपनाउँदा अधिकांस औलोको जोमिमा पर्ने गरेका छन । उनले भने, ‘औलोबाट प्रभावित हुने लाई प्लाज्मोडियम भाइभेक्स र प्लाज्मोडियम फल्सिफारम जातका लामखुट्टे टोकेर रोग सार्ने गरेको पाइएको छ।’

भारतमा काम गर्नेहरुले औलो सार्ने लामखुट्टेबाट बच्नका लागि झुल र  मलमको प्रयोग गर्नु पर्ने उनको सुझाव छ।

औलो रोग निवारण कार्यक्रम सञ्चालन भएपछि कञ्चनपुर जिल्लामा भने औलोका विरामीहरुको संख्यामा बर्षेनी कमी देखिन थालेको छ।

औलो निवारणका लागि झुल वितरण, बिषादी छर्कने र शंकास्पद विरामीको रगत संकलन गरी उपचारका लागि सुझाव दिने कार्य गरिन थाले पछि औलो रोकथाममा टेवा पुगेको छ। कञ्चनपुरमा सन १९९५ देखि औलो निवारणका लागि कार्यक्रम निरन्तर रुपमा सञ्चालन हुँदै आएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.