|

  • विनोद सिंह विष्ट-

बैतडी : धुर्मुुस–सुन्तलीले अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणको चर्चा पाइरहेका बेला बैतडीमा भने निर्माणाधिन अवस्थामा रहेको दशरथचन्द अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य  केही वर्षदेखि अलपत्र अवस्थामा रहेको छ। 

जिल्लाको दशरथचन्द नगरपालिका सुन्दरखाली  विस २०६३ मा दशरथचन्द नगरपालिकाले निर्माण सुरु गरेको क्रिकेट मैदानलाई विस २०७१ सालमा राष्ट्रिय खेलकुद परिषदले दशरथचन्द अन्र्तराष्ट्रिय क्रिकेट मैदान भनेर निर्माण सुरु गरेको हो। तीन वर्षमा करिव ११ करोड ५० लाख लागत अनुमानसहित निर्माण हुने मैदानको काम अघि बढ्न सकेको छैन। सरकारले मैदान निर्माणको लागि रकम निकासा नगर्दा खेलमैदान अलपत्र परेको हो। 

मैदान सम्याउन करिब एक करोड १९ लाखमा ठेक्का भए पनि पूरै रकम निकासा नहुँदा मैदान सम्याउने कामसमेत अधुरो छ। निर्माण कार्य अनिश्चित भएसँगै स्थानीय खेलाडीका लागि खेलमैदान अभाव भएको छ बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष लालबहादुर चन्दले बताए। उनले भने, ‘निर्माण कम्पनीले राखेपले काम नगरेको बताउँछ। राखेपले काम भएको छैन भन्दै आएको छ। यसले क्रिकेट मैदान निर्माण कार्य अलपत्र परेको छ।’

दुई दशक अघि बैतडीमा क्रिकेट भित्रिएसँगै सुन्दखालीमा क्रिकेट फिल्ड निर्माण गएिको थियो। यही फिल्डमा अभ्यास गर्दागर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय क्रिकेटमा महत्वपर्ण योगदान पु¥याएका यहाँका खेलाडीको लागि मैदानको नै अभाव हुन चिन्ताको विषय भएको अध्यक्ष चन्दको भनाइ छ। सुविधासम्पन्न स्टेडियम निर्माण सुरु हुँदा उत्साहित बनेका क्रिकेटप्रेमी तथा प्रतिभावान खेलाडी अहिले चिन्तित भएकाले निर्माण कार्य  अघि बढनुपर्ने स्थानीय बताउँछन्।

नियमित अभ्यासका साथै स्थानीय प्रतियोगिता संचालन गर्न नसकिने अवस्था आएकाले खेलमैदानको निर्माण सुरु हुनुपर्ने स्थानीय क्रिकेट खेलाडी गजेन्द्र बोहराले बताए। मैदान भत्काइएपछि स्थानीय खेलाडी सदमुकामभन्दा १० किलोमिटर टाढाको देहिमाडौं र रातामाटाको बुड्डाबाजे मैदान जानुपर्ने बाध्यता सिर्जना भएको छ। टाढाको खेल मैदान एकातिर सानो आकारको छ, भने समय र खर्चिलो भएको खेलाडीको गुनासो छ ।

बैतडीमा क्रिकेटका लागि गतिलो मैदान नहुँदा राम्रो प्रदर्शन गर्न नसकिएको खेलाडी रोशन बोहराले बताए। उनले भने, ‘हाम्रो यहाँ अन्तरराष्ट्रियस्तर क्रिकेट मैदान बनाउने भन्ने चर्चा थियो । भएको मैदान पनि बिग्रिएको छ। हामीहरुले सडकमा अभ्यास गर्नुपर्ने बाध्यता छ। क्रिकेट मैदान नहुँदा बाहिर राम्रो प्रर्दशन गर्न सकिदैन्।’

अन्तराष्ट्रिय स्तरको क्रिकेट स्टेडियम ५५ गजभन्दा बढी खेलमैदान, डे«सिङरुम, पेभेलियन, प्रशासकीय भवन, जिम हल,  प्राक्टिस हलसहितको सुविधासम्पन्न खेलमैदान बनाउने  भनिए पनि निर्माण कार्य रोकिँदा खेलमैदान अलपत्र अवस्थामा छ।

नेपाल क्रिकेट संघ(क्यान) अध्यक्ष चतुरबहादुर चन्दको गृह जिल्लासमेत रहेको बैतडीमा अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण हुँन लाग्दा यसलाई चासोको रुपमा हेरिएको छ। राखेपले क्रिकेट मैदानमा निर्माणमा चाँसो नदेखाएका कारण क्रिकेट मैदान निर्माण कार्य अलपत्र परेको नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए। उनले भने, ‘जब दशरथचन्द क्रिकेट मैदान बनाउने भनेर राखेपले हात हाल्यो न क्रिकेट मैदान बनेको छ न खेलाडीहरुका लागि वैकल्पिक खेलमैदान छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.