|

काठमाडौं :  नेपाल राष्ट्र बैंकले पछिल्लो एक वर्षमा एक खर्ब ३१ अर्ब ५६ लाख रुपैयाँ बरारबरको नोट छापेको छ। २०७४ बैशाखदेखि चैत महिनासम्मको अवधिमा ७८ करोड ७६ लाख थान नोट छापेको राष्ट्र बैकका गभर्नर डा. चिरञ्‍जीवी नेपालले बताए।

त्यस्तै राष्ट्र बैंकले ३९ महिनालाई पुग्ने गरी नोटको व्यवस्थापन गरेको जानकारी गराएको छ। 'आवश्यकता अनुसार सहज रुपमा मुलुकभर नेपाली नोटको व्यवस्था गर्ने प्रयोजनमा कम्तीमा ३.२५ वर्ष धान्ने गरि व्यवस्था गरेको छ' शुक्रबार राष्ट्र बैंकको ६३ औँ वार्षिक उत्सवमा गभर्नर नेपालले भने।

राष्ट्र बैंकका अनुसार २०७४ चैत मसान्तसम्ममा चलनचल्तिमा रहेको नोट चार खर्ब ७४ अर्ब ९५ करोड पुगेको छ। साथै बैंकले ७७ वटा नोट कोषहरूमा ५२ अर्ब रकम मौज्दात रहेको छ जानकारी गराएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.