|

बारा : बाराको तामागढी–सिम्रौनगढ हुलाकी सडकको कोहल्बीस्थित वन क्षेत्रमा शनिबार ट्रिपरमाथि बम प्रहार भएको छ। 

निजगढबाट  कोहल्बीतर्फ गिट्टी बोकेर जाँदै गरेको ना ख ५८४७ नम्बरको ट्रिपरमा पेट्रोल बम प्रहार भएको इलाका प्रहरी कार्यालय कोहल्बीले जनाएको छ। चारजनाको समूहमा आएका अज्ञात व्यक्तिले बम प्रहार गरेको प्रहरी नायब निरीक्षक रामप्रसाद साहले जानकारी दिए।

बम प्रहार गरी उक्त समूह जंगलतर्फ भागेको चालकले बताएका छन्। बम प्रहारबाट ट्रिपरको टायरमा क्षति पुगेको छ। ट्रिपरमा लागेको आगो प्रहरीले कोहल्बी नगरपालिकाको बारुण यन्त्रको सहयोगमा नियन्त्रणमा लिएको थियो।

बन्दकर्ताले बन्दको अवेज्ञा गरेको भन्दै बम प्रहार गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। बम प्रहार गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ।

शंकास्पद वस्तु फेला

बाराका विभिन्न स्थानमा शंकास्पद वस्तु फेला परेको छन्। बाराको जीतपुरसिमरा उपमहानगरपालिका(२ सिमरास्थित दूरसञ्चार चोकमा शनिबार विहान शंकास्पद वस्तु फेला परेको छ। 

मुख्य सडक छेउमा बम लेखेर राखिएको शंकास्पद वस्तु फेला परेको हो। शंकास्पद देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी निरीक्षक भुवन भट्टसहित गएको टोलीले सो वस्तु बम नभई आतंकित बनाउने उद्देश्यले शंकास्पद वस्तु राखिएको बताएको छ। 

यसअघि शुक्रबार राति १२ वजेको समयमा जीतपुरसिमरा उपमाहानगरपालिका-२२ स्थित अमलेखगञ्जमा पनि शंकास्पद वस्तु फेला परेको थियो। उक्त शंकास्पद बस्तु बम नभएको प्रहरीले बताएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.