|

सुर्खेत : पूर्वी सुर्खेतको सिम्ता गाउँपालीका –५ काप्रीचौरका ५५ वर्षीया नहकुल शाहीलाई उनकै श्रीमति र छोरी मिलेर हत्या गरेका छन। 

मंगलवार राति साढे ११ वजेतिर मदिरा सेवन गरेर आएका शाहीलाई ५१ वर्षीया श्रीमति तुल्सा शाही र २३ वर्षीया छोरी कल्पना शाहीले घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ। 

इलाका प्रहरी कार्यलय छिन्चुका अनुसार सधै शाही सधै मदिरा सेवन गरेर घरमा श्रीमति र छोरीलाई अश्लिल गाली गर्ने गर्थे। गएको मंगलवार राती पनि मदिरा सेवन गरेर अश्लिल गाली गर्न थालेपछि रिसको झोकमा घाँटी थिचेर हत्या गरेको आमा छोरीले प्रारम्भीक बयानमा स्वीकार गरेका प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक मधुसुधन न्यौपानेले भने ‘आमा–छोरीलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेका छौ। प्रहरीका अनुसार मृतक शाहीको दाया र बाया कञ्चटमा हतियार पनि प्रहार गरिएकाले घटनाको प्रकृति हर्दा पहिले हसियाले हानेर बेहोस भएपछि घाटी थिचेर हत्या गरेको देखिन्छ’, उनले भने, ‘पक्राउ गरेर हिरासतमा राखेका छौ, अनुसन्धान भइरहेको छ।’ 

हत्याकोबारेमा प्रहरीले ढिलो गरी मात्रै जानकारी पाएको थियो। स्थानीयले हत्या भएको जानकारी पाएपछि प्रहरी घटना स्थल पुगेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.