|

काठमाडौं : हाउडेमाया भनेर चिनिएकी गायिका सिर्जना खत्रीले 'मीठो बोली' बोलको नयाँ गीत बजारमा ल्याएकी छन्। हाउडेमाया, लाहुरेमाया जस्ता केही गीत बजारमा ल्याएकी गायिका सिर्जनाले यसपालि मीठो बोली बोलको गीत बजारमा ल्याएकी हुन्।

युवा पुस्तालाई लक्षित गरेर गायकी र प्रस्तुती दिने गायिका सिर्जनाले गाएको केही गीतमध्ये यसअघिको लाहुरेमाया निकै चर्चित भएको थियो। यसपालि पनि अझ धेरै आशा राखेर नयाँ गीत बजारमा ल्याएको उनले बताइन्। गीतमा सिर्जनाकै शब्द तथा मनोजराज शिवाकोटीको संगीत एवं रिकेश गुरुङको एरेन्ज रहेको छ। 

तिर्सना म्युजिकको ब्यानरमा बजारमा आएको यस गीतको म्युजिक भिडियो युवराज वाइवाले निर्देशन गरेका हुन्। म्युजिक भिडियोमा रोशनी, जुना र नविनाको उत्कृष्ट नृत्य रहेको छ। उत्सव दाहालले छायांकन गरेको भिडियो निशान घिमिरेले सम्पादन गरेका छन्। 

भिडियो :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.