|
फाइल फाेटाे

ओखलढुंगा : वर्षाका कारण ओखलढुंगाका सदरमुकामबाट ग्रामीण क्षेत्रमा सञ्चालन हुने यातायात अवरुद्ध भएको छ। कच्ची सडकहरूमा कतै पहिरो गएको कतै हिलोको कारण यातायात अवरुद्ध भएको हो।

ओखलढुंगा सदरमुकामबाट खिजीदेम्वा गाउँपालिकासम्म चल्ने दुईवटा सडक अवरुद्ध छन्। ओखलढुंगा पात्ले सडक र ओखलढुंगा जन्तरखानी भुसिंगा सडकमा यातायात सञ्चालन गर्न नसकिएको खिजीदेम्वा गाउँपालिका-४ का वडा अध्यक्ष कमल न्यौपानेले जानकारी दिए। 

खिजीदेम्वा गाउँपालिका जाने ग्रामीण सडक अवरुद्ध भएपछि रामेछापको मन्थलीबाट, सिन्धुलीको खुर्कोटबाट उदयपुरको घुर्मी हुँदै दुई दिनको यात्रा गरेर सदरमुकाम आउनुपर्ने बाध्यता भएको छ। हिउँदमा मात्रै चल्ने ती सडक असारसम्म सञ्चालन हुने भए पनि अहिले बेमौसममा परेको झरीले बाटो बिगारेपछि जेठ नलाग्दै ग्रामीण सडक अवरुद्ध छन्।

त्यस्तै, ओखलढुंगाबाट चम्पादेवी, सुनकोशी गाउँपालिका जाने सडकको फूलवारी कोषाहाट खण्ड पनि अवरुद्ध भएको छ। दुर्गम गाउँका सदरमुकाम जोड्ने र काठमाडौँसँग सिधा सम्पर्क भएका  कच्ची सडक  अवरुद्ध भएपछि खाद्यन्न ढुवानी, आवतजावत गर्न समस्या भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.