|

मुगु : हिमाली जिल्ला मुगुका विद्यालयमा यसवर्ष भने समयमै पाठयपुस्तक पुगेको छ। शैक्षिक सत्र सुरु भएलगतै भर्ना भएसँगै विद्यार्थीको हातमा समयमै पाठयुस्तक पुगेको छ। जिल्लाका १३६ विद्यालयमा पुस्तक वितरण भइसकेको जयलक्ष्मी पुस्तक पसल एन्ड स्टेसनरी सेन्टरका प्रोपराइटर लक्ष्मी भाम बताउँछन्।

बर्सेनि किताबको अभाव हुने मुगुमा यस वर्ष शैक्षिक सत्रको सुरुमै विद्यार्थीको हातमा किताब पुगेपछि सोरु र खत्याड गाउँपालिकाका छायानाथ रारा नगरपालिका  विद्यालय समयमै कक्षा सञ्चालन भएका छन् भने मुगुम कार्मारोङ गाउँपालिकाका विद्यालय भने यार्चागुम्बा सिजन भएकोले छिटफुट रुपमा खुलेका छन्।

‘गत वर्ष पुराना किताब पढेर वार्षिक परीक्षा दिएर पास भइयो यो वर्ष सबै नयाँ  किताब पाएपछि खुसीले कक्षा लिने गरेकी छु,’ भवानी माबि पुरुमुरुकी कक्षा १० की छात्रा सम्झना रोकायाले भनिन्।

जिल्लाका छायानाथ रारा नगरपालिका र खत्याड गाउँपालिकामा सडक यातायात पुगेपछि यसवर्ष किताब ढुवानी समयमै भएको पुस्तक बिक्रेताहरुको भनाइ छ। बर्सेनि पुस्तक नपुगेको गुनासो भइरहेको बेला यस वर्ष  समयमै विद्यार्थीको हातमा पुस्तक पुगेपछि साच्चै जिल्लामा गुणस्तरीय शिक्षा र निरक्षरता उन्मूलन हुनेमा स्थानीय अभिभावक आशावादी भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.