|

सुनसरी : नेपाली सेनाको विभागिय टिम आर्मी क्लब इटहरीमा जारी तेस्रो इटहरी राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधी नजिक पुगेका छन्। बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा विभागिय टिम आर्मीले आयोजक सेभेनस्टार क्लब सुनसरीलाइ १३२ रनको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो।

यस्तै, दोस्रो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबले मेची क्रिकेट एकेडेमी झापालाई ६१ रनले पराजित गर्दै आार्मीसँगको भेट पक्का गरेको हो। दुवै विभागिय टिम बीचको उपाधी भिडन्त बिहीबार हुनेछ।

इटहरीस्थित नेपाल डिभिएम स्कुलको पिचमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मी क्लबले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउदै १७२ रनको योगफल खडा गरेको थियो। आर्मीका लागी इन्द्रकमल मानन्धरले ५९ रन बनाउदा म्यान अफ द म्याच जितेन्द्र मुखियाले २७ रन बनाए भने महेश क्षेत्रीले २५, राजु रिजालले २४, लोकेन्द्र चन्दले ११ र बिनोद भण्डारीले १० रन बनाए। बलिङतर्फ आयोजक सेभेनस्टारका अमित भगतले ३ र बिकल्प आचार्यले २ विकेट लिए।

जवाफमा १७३ रनको बिजयी लक्ष्य पछ्याएको आयोजक सेभेनस्टार क्लब निर्धारित २० ओभरको खेलमा १६.२ ओभरमा ४० रनको झिनो स्कोरमा समेटिएपछि आर्मी भारी रन अन्तरले बिजयी भएको हो। आयोजक सेभेनस्टार क्लबका कुनै पनि खेलाडीले दोहोरो रनको स्कोर बनाउन सकेनन्। बलिङतर्फ अर्मीका जितेन्द्र मुखियाले तीन विकेट लिए भने साहब आलमले दुई विकेट लिए। 

यस्तै, बुधबार नै सम्पन्न दोस्रो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबले मेची क्रिकेट एकेडेमी झापालाई ६१ रनले पराजित गर्दै आार्मीसँगको भेट पक्का गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपाल पुलिस क्लबले निर्धारित २० ओभरको खेलमा आठ विकेट गुमाउँदै १४९ रनको योगफल खडा गरेको थियो। पुलिसका लागि योगेन्द्र कार्कीले ३९ रन बनाउदा अबिनाश कर्णले २८, कुशल भुर्तेल, प्रेम तामांग र मञ्जित श्रेष्ठले समान ११–११ रन बनाए। 

बलिङतर्फ मेची क्रिकेट एकेडेमी झापाका सन्दीप ढुंगानाले चार विकेट र राज थाापाले दुई विकेट लिए। १५० रनको बिजयी लक्ष्य पछ्याएको मेची क्रिकेट एकेडेमी १८.४ ओभरमा ८८ रन बनाउदै अलआउट भएपछि पुलिस उपाधी नजिक पुगेको हो। मेची क्रिकेड एकेडेमीका लागि राज थापाले ३१ र सन्दीप ढुंगानाले १७ रन बनाए। 

बलिङतर्फ पुलिसका मञ्जित श्रेष्ठ, योगेन्द्र कार्की र ललित राजबंशीले २–२ विकेट लिए। दोस्रो खेलको म्यान अफ द म्याच पुलिसका योगेन्द्र कार्की घोषित भए। उनले नगद १५ सयसहित टफी पाए । बिहीबार हुने फाइनल खेलको बिजेताले ७५ हजार नगद सहित टफी र दोस्रो हुने टीमले ४० हजार नगद सहित टफी पाउने छ। यस्तै, सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट बलर, उत्कृष्ट ब्याष्टमेनले जनही १० हजार नगद र ट्रफी प्राप्त गर्ने छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.