|

काडमाडौं : नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पार्टी एकतापछि बन्ने नेपाल कम्युनिस्ट पार्टीको सचिवालय र स्थायी समितिका सदस्यहरूको नाम टुंगो लगाएको छ।

स्थायी समितिमा एमालेबाट केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र ईश्वर पोखरेल रहने भएका छन्। त्यस्तै, माओवादीबाट पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ,रामबहादुर थापा बादल र एकजनाको नाम टुंगो लगाउन बाँकी रहेको छ। ९ सदस्यीय सचिवालय गठन हुने एमालेका महासचिव ईश्वर पोखरेलले जानकारी दिएका थिए। 

त्यस्तै, नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति सदस्यहरूको पनि टुंगो लागेको छ। ४३ सदस्यीय स्थायी समितिमा एमालेबाट २५ र माओवादीबाट १८ जना रहने सहमति यसअघि नै भइसकेको थियो। जसअनुरुप दुवै दलबाट स्थायी समितिमा रहने सदस्यहरूको टुंगो लागेको हो। 

एमालेबाट नयाँ पार्टी नेकपाको स्थायी समितिमा रहने नेताहरूको नामावली:

१. केपी शर्मा अोली, झापा 
२. झलनाथ खनाल, इलाम
३. माधवकुमार नेपाल, रौतहट 
४. वामदेव गौतम, बर्दिया 
५. सुवासचन्द्र नेम्वाङ, इलाम 
६. भीम रावल, अछाम 
७. युवराज ज्ञवाली, दाङ 
८. अष्टलक्ष्मी शाक्य, काठमाडौं 
९. ईश्वर पोखरेल, काठमाडौं 
१०. विष्णु पौडेल, रुपन्देही 
११. घनश्याम भुसाल, रुपन्देही 
१२. प्रदिप ज्ञवाली, गुल्मी 
१३. भीम अाचार्य, सुनसरी 
१४. पृथ्वी सुब्बा गुरुङ, लमजुङ 
१५. गोकर्ण विष्ट, गुल्मी 
१६. योगेश भट्टराई, ताप्लेजुङ 
१७. शंकर पोखरेल, दाङ
१८. मुकुन्द नेउपाने, बारा 
१९. सुरेन्द्र पाण्डे, चितवन
२०. छविलाल विश्वकर्मा, रुपन्देही 
२१. सत्यनारायण मण्डल, सप्तरी 
२२. किरण गुरुङ, तनहुँ 
२३. अमृत बोहरा ,सिन्धुपाल्चोक 
२४. केशव बडाल ,काभ्रे 
२५. सोमनाथ अधिकारी प्यासी 

माअोवादी केन्द्रबाट नेकपामा रहने १८ नेता 

१. पुष्पकमल दाहाल प्रचण्ड, चितवन
२. नारायणकाजी श्रेष्ठ ,गोरखा 
३. रामबहादुर थापा बादल, चितवन 
४. टोपबहादुर रायमाझी, अर्घाखाँची 
५. अमिक शेरचन, चितवन
६. जनार्दन शर्मा, पश्चिम रुकुम
७. वर्षमान पुन, रोल्पा 
८. देवप्रसाद गुरुङ, लमजुङ 
९. पम्फा भुसाल, ललितपुर 
१०. गिरिराजमणि पोखरेल, महोत्तरी 
११. मातृकाप्रसाद यादव, धनुषा 
१२. अग्नि सापकोटा, सिन्धुपाल्चोक 
१३. अोनसरी घर्ती, रोल्पा 
१४. लेखराज भट्ट, कैलाली 
१५. शक्ति बस्नेत, जाजरकोट 
१६. हरिबोल गजुरेल, सिन्धुली
१७. लिलामणि पोखरेल, काठमाडौं 
१८. राम कार्की ,झापा

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.