राम्रो काम गरेको कारण मन्त्रालय तानिएको हुँ: महानिर्देशक भट्टराई

|

काठमाडौं:  यातायात क्षेत्रको सिन्डिकेट अन्त्यको लागि गृहमन्त्रीको साथ लिएर काम गरेका यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराई विभागबाट हटाइएका छन्। उनी भौतिक पूर्वधार तथा यातायात मन्त्रालय तानिएका छन्।

सिन्डिकेट हटाउनको लागि महत्वपूर्ण कदम चालेका भट्टराईलाई यातायात व्यवसायीले सवत्र आलोचोना गरिरहेका थिए। बुधबार राती नै मन्त्रीस्तरिय निर्णयबाट उनलाई विभागबाट हटाउने निर्णय गरिएको पनि बिहीबार पत्र नथमाइएका भट्टराईलाई शुक्रबार पत्र दिइएको थियो।

श्रोतका अनुसार विभागीय मन्त्री रघुबी महासेठसँग यातायात व्यवसायीले सरूवा गरिदिनको लागि आग्रह गर्दै आएका थिए। विभागमा भट्टराई आएपछि यातायात व्यवस्थापन कार्यविधि निर्देशिका संशोधनसहित अन्य नौ नयाँ कार्यविधि ल्याइ यातायात क्षेत्रको सुधारमा लागेका थिए।

सिन्डिकेट अन्त्यका लागि संस्था दर्ता ऐन अन्तर्गत दर्ता भएका यातायात समिति आगामी आर्थिक वर्षदेखि नवीकरण तथा नयाँ दर्ता नगर्ने निर्णय भइसकेको छ। तर यही निर्णय तथा एन माथि पनि चलखेल गर्न सकिने भन्दै मन्त्री महासेठले मन्त्रालय तानेको स्रोतले बताएको छ।

'उहाँ विभागमा पुगेसँगै धेरै राम्रो काम गर्नु भएको थियो, तर मन्त्रीले भने उहाँलाई मन पराएका थिएन मन्त्रालयका एक अधिकारीले भने यातायात व्यवसायीको आग्रह अनुसारनै उहाँको सरूवा भएको देखिन्छ।

महानिर्देशक भट्टराई राम्रो काम गरेको परिणाम स्वरुप मन्त्रालय तानीएको बताए। 'मैले गरेको काम बाट यातायात क्षेत्रमा धेरै सुधार भएको थियो, भलै यातायात व्यवसायी सन्तुष्ट थिएनन् होला' भट्टराईले भने 'राम्रो काम गरेकोमा मलाई मन्त्रालयमा तानिएको होला'।

मन्त्रालयका अधिकारीहरूले आर्थिक रुपमा समेत चलेखेल भएको हुन सक्ने संक गरेका छन्। भटराईले विभागीय मन्त्रीको साथ नपाएपछि गृहमन्त्री रामबहादुर थापालाई साथमा लिएर काम गरेको मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.