|

काठमाडौं : चालु आर्थिक वर्ष २०७४/०७५ को पत्रकार दुर्घटना बीमा अन्तर्गत पहिलो चरणमा ६१३ जना पत्रकारको दुर्घटना बिमा मंगलबारदेखि लागू भएको छ। सूचना विभागमा मंगलबार आयोजित कार्यक्रममा विभागका महानिर्देशक बालकृष्ण घिमिरे र महासंघका कोषाध्यक्ष राजेश मिश्रले एनएलजी बीमा कम्पनीका प्रतिनिधिलाई संयुक्त रुपमा चेक हस्तान्तरण गरे। 

नेपाल पत्रकार महासंघ, सूचना विभाग र एन एनएलजी कम्पनी लिमिटेडबीच २०७४ चैत २ गते भएको  सम्झौता बमोजिम ३१० रूपैयाँ ७५ पैसाका दरले ६१३ जना पत्रकारको एक लाख ९० हजार ४८९ रूपैयाँ ७५ पैसा रहेको छ। नेपाल पत्रकार महासंघले पत्रकार दुघर्टना बिमाका लागि तीन वर्षदेखि पत्रकारहरुको विवरण संकलन गर्दै आएको छ। 

पत्रकार दुर्घटना निर्देशिका २०७० अनुसार २५ प्रतिशत शुल्क पत्रकार स्वयम काम गर्ने सञ्चार गृहले व्यहोर्ने व्यस्था रहेको छ। बाँकी ७५ प्रतिशत शुल्क सरकारी पत्रकार बिमा कोषबाट व्यवस्था हुने व्यहोरा रहेको छ। 

उक्त सम्झौताअनुसार श्रमजीवी पत्रकारका लागि ७७ रुपैयाँ ०६९ पैसा पत्रकार काम गर्ने सञ्चारगृहले तिरिदिनुपर्ने छ। बाँकी ७५ प्रतिशतले आउने २३३ रुपैयाँ ०६ पैसा सरकारका तर्फबाट व्यहोरिएको छ।

यो सुविधाबाट कार्यक्षेत्रमा क्रियाशील रहँदा बिमित पत्रकारको चोटपटकका कारण शरीर ७५ प्रतिशतभन्दा बढी अशक्त भएको खण्डमा पाँच लाख रुपैयाँसम्म पाउने छन्। त्यस्तै, दुर्घटनाबाट उत्पन्न उपचारमा लागेको वास्तविक खर्चको बिलअनुसार दुई लाख रुपैयाँसम्म बिमा कम्पनीले व्यहोर्ने छ। उपचारमा लाग्ने २० प्रतिशत बराबरको रकम भने पत्रकार स्वयमले व्यहोर्नुपर्ने पत्रकार दुर्घटना बिमा निर्देशिका, २०७० मा उल्लेख छ।

यो आर्थिक वर्ष दोस्रो चरणको पत्रकार दुर्घटना बिमाका लागि पत्रकारको विवरण मंगलबारबाट संकलन गरी जेठ मसान्तसम्म प्राप्त भएकालाई प्रकृया अघि बढाइने छ। दुर्घटना बिमाको सुविधामा सहभागि हुन सूचना विभागको पत्रकार परिचय पत्र लिइ नविकरण गरेको तथा नेपाल पत्रकार महासंघको सिफारित अनिवार्य गरिएको छ। महासंघले बिमा कार्यक्रममा सहभागिहुन सबै पत्रकारलाइ आवह्न गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.