|

सुनसरी : सुनसरीको दुई छुट्टा छुट्टै स्थानमा बिहिबार राती भएको सवारी दुर्घटनामा परी एक बालक सहित दुई जनाको मृत्यु भएको छ। 

बर्जु गाउँपालिका ६  स्थित भित्री सडक खण्डमा ट्याक्टरको ठक्करबाट स्थानीय युवराज पालको ११ वर्षीय छोरा अवन पालको ज्यान गएको हो। बालकलाई को १ त ४६७ नम्बरको ट्यक्टरले ठक्कर दिंदा गम्भीर घाइते भएका पालको लाईफ गार्ड अस्पताल विराटनगरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय चिमडीले जनाएको छ। ट्याक्टरका चालक हाल फरार रहेकाले प्रहरीबाट खोजी कार्य भईहरहेको छ।

यस्तै  देवानगन्ज गाउँपालिका ३ स्थित खत्वे टोलमा को २ त ६७५३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार ३५ वर्षीय बिनोद मेहेताको मृत्यु भएको छ। खेत जोतेर घर तर्फ फर्कदै गरेको ट्याक्टर देवानगञ्ज गाउँपालिका ३ स्थित नहरमा पल्टिंदा मेहेताको उपचारका लागी विराटनगर लैजानेक्रममा मृत्यु भएको हो।

दुर्घटनामा एकजना घाइते भएका छन्। घाइतेको स्थानीय मेडिकलमा उपचार भई रहेको छ। दुर्घटना पश्चात ट्याक्टरका चालक फरार रहेकाले प्रहरीबाट खोजी कार्य भईरहेको सुनसरीका प्रहरी प्रवक्ता डिएसपी नारायण प्रसाद चिमोरियाले जानकारी दिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.