|

ओखलढुंगा : मोलुंग गाउँपालिका २ रामपुरमा जिप दुर्घटना भएको छ। दुर्घटनामा परी एकको मृत्यु भएकाे छ भने ९ जना घाइते भएका छन्। 

दुर्घटनामा परी मोलुंग गाउँपालिका ७ का १८ वर्षीय रवीन विकको मृत्यु भएको हो। जिल्लाको मोलुंग गाउँपालिकाको प्राप्चाबाट ओखलढुंगा आउँदै गरेको ना १ ज ५५६२ नं‍. को जिप दुर्घटनामा परि एक १५ महिने बालकसहित ८ घाइते भएका छन्। घाइते हुनेहरूमा मोलुंग ७ का पदम विक, दीपेन्द्र खत्री, मोलुंग २ का जमुना खत्री, बिष्णु विक,अशाेक बानियाँ र अमृत विक रहेका छन् भने खिजीदेम्बा गाउँ पालिका ६ का पासाङलामु शेर्पा र शांगे शेर्पा रहेका छन्।

ब्रेक फेल भई दुर्घटना भएको जिप सडकबाट १०० मिटर तल पुगेको छ। घाइते मध्ये तीनजनाको अवस्था गम्भीर रहेकाे जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ। घाइतेहरूको ओखलढुंगा सामुदायिक अस्पताल सोब्रुमा उपचार भइरहेको छ। प्रहरी नियन्त्रणमा रहेका चालक मोलुंग २ का अमृत बिकको अवस्था भने सामान्य रहेको प्रहरी प्रमुख अनन्तराम शर्माले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.