|

दाङ : दाङको तुलसीपुरस्थित दोघरे सिरक डसना उद्योगमा आगलागि हुँदा लाखौ मुल्य बराबरको धनमाल जलेर नष्ट भएको छ। 

विद्युत् सर्ट भई लागेको आगोका कारण सिरक, डसना बनाउन प्रयोग गरिने कच्चा पदार्थ, कपास, मेसीन, उपकरण, तयारी अवस्थामा राखिएका सिरक, डसना, तकियालगायतका लाखौँ मूल्य बराबरका सामग्री जलेर नष्ट भएको उद्योग संचालक राजु तामाङले बताए। 

उद्योगमा आगलागिको घटना भए लगत्तै स्थानीयबासी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तुलसीपुर उपमहानगरपालिको दमकलले  करिब तीन घण्टापछि आगो नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी प्रकाश सापकोटाले बताए।

बुधबार साँझ  ५ः३० बजे विद्युत् सट भई उद्योगमा आगलागी भएको उद्योग संचालक तामाङले बताए।  आगलागीकबाट उद्योग पूर्णरुपमा जलेर नष्ट भएको छ। तामाङले उक्त उद्योग ३ वर्षदेखी ३० लाख लगानी गरेर संचालन गरेको बताए। 

त्यस्तै दाङको गढवा गाउँपालिका ३ सुपैलामा आगलागी हुँदा एक महिलाको जलेर मृत्यु भएको छ। मंगलवार राति आगलागी हुँदा ४५ वर्षीया लक्ष्मी रावतको जलेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय गढवाले जनाएको छ। आगलागीमा परी पाँच घर र तीन गोठ जलेर नष्ट भएको छन्। करिब १५ लाख बराबरको क्षति भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.