दुई मिनेटमै पुगिने ठाउँमा जामका कारण १५ मिनेट

|

काठमाडौं : भक्तपुर नगरपालिका-२ का सुरेन्द्र माकजुले ललितपुर महानगरपालिकाको जुद्ध वारुण यन्त्रको दमकल चलाउन थालेको १२ वर्ष भयो। १२ वर्षको समयमा उपत्यकामा धेरैकुरा परिवर्तन भयो। धेरै चोटि सरकार बने अझ धेरै त सरकार ढल्ने र निर्माण हुँदैमा बित्यो। तर, दमकल चालकको रूपमा १२ वर्षअघि करारमा नियुक्त भएका उनी अझै करारमै दमकल हाँकिरहेका छन्।

हामी जुद्ध वारुण यन्त्रको कार्यालय पुल्चोक पुग्दा उनी बिहानको खाना खाँदै थिए। उनलाई लाग्यो होला, कतै आगो लाग्यो ! खाना खाँदै जुठो हात लिएर बाहिर निस्किए उनी। मैले भनेँ खाना खाँदै हुनुहुन्छ? ठीक छ, एक छिनपछि कुरा गरौँला तपाईं खाना खानुहोस्।

खाना खाइसकेपछि ‘दमकल चालकको जागिर यस्तै हो, कति खेर काहाँ के हुन्छ थाहाँ हुँदैन तयारीमै बसिराख्नुपर्ने हुन्छ एक कप चिया खान जाँदा पनि काहाँ के भयो कि भनेर डराउनुपर्छ भन्दै उनले नै कुरा सुरु गरे।  ‘उनले भने, ‘पहिलाजस्तो सजिलो छैन् दमकल चलाउन अहिले सडकमा सवारी जामले  मुसोसमेत छिर्न नसक्ने अवस्था हुन्छ अनि कसरी पुगिन्छ समयमा? प्रश्‍न गर्दै उनले भने, 'अहिले धेरै गाह्रो छ कति आगो लागेको ठाउँ पुग्न नपाउँदै क्षति भइसकेको हुन्छ।'

कुनै यस्ता गल्लीहरु छन् जहाँ दमकल नै जान सक्दैन,' अनि दमकल समयमै आउँदैन भनेर कम्प्लेन आउँछ। सडकमा सवारीसाधन छिचोल्नै हैरान,' उनले दुखेसो पोखे। आज भोलि त रातिसमेत सवारीसाधन चलेका हुन्छन्। दमकल चलाउन रातिसमेत गाह्रो छ।

उपत्यकामा बढ्दै गएको सवारीसाधन र थपिँदै गएको जनसंख्याले उपत्यका आगलागीको उच्च जोखिममा रहेको छ। कुराकै सिलसिमा मकाजुले आफ्नोले १२ वर्ष ललितपुरको जुद्ध वारुण यन्त्रको दमकल चलाउँदा घटेको एकटा घटनाको स्मण गरे तीन वर्ष पहिले राति बुङमतीको एक घरमा आगो लाग्यो।

आगो निभाउन जाँदा साघुरो सडक डिलमा ठूलै काँडाको रूख त्यसकै अगाडि उभिएकी एकजना ६० वर्ष जतिकी बूढीआमा हुनुहुन्थ्यो पछाडि जान खोज्नुभयो काँडाले घोचेको हुनुपर्छ अगाडि दमकल भएतिर आउनु भयो ठोक्किएर मर्नुभयो,' यो घटानाले आजसम्म पनि नरमाइलो लाग्छ,' उनले भने,' दमकलसँग ठोक्किन आउँदा चालकले दुख पाउँदैन भन्छन् आफूले यही मुद्धामा  २१ दिन प्रहरी हिरासदको बास र पाँचलाख क्षति पूर्ति तिरेँ । पैसा भने पछि बिमा कम्पनीबाट आयो। 

उपत्यकामा दैनिक आगलागी नियन्त्रण गर्न कठिन

उपत्यकामा आगलागी दैनिकजसो नै भइरहेका हुन्छन्। आगलागीका ठूला घटना भएमा भने नियन्त्रण गर्नै कठिन हुने उनको बुझाइ छ। अझ नयाँ बनेका अग्ला अपाटमेन्टहरूमा केही गरी आगो लागिहाले टुलुटुलु हेर्नुको विकल्प नै छैन।

उपत्यकामा भएका दमकलले बढीमा पाँच तलासम्मको आगो नियन्त्रण मात्रै गर्ने सक्ने क्षमता राख्ने चालक माकजुको भनाइ छ। तर, नयाँ बनेका अपाटमेन्टहरू उपत्यका २५ तलेसम्मका छन्। साँघुरो गल्लीकै कारण दमकल समयमै नपुग्दा ०७४ फागुन ५ गते काठमाडौंको लगनस्थित एक घरमा आगलागी हुँदा एक जनाको जलेरै मृत्यु भएको थियो। उपत्यकामा हाल ठूला आठवटा दमकल रहेका छन्। काठमाडौं महानगरपालिकासँग पाँचवटा दमकल छन्। ललितपुर महानगरपालिकासँग दुईवटा र भक्तपुरसँग एउटा दमकल छ।

सामान्यतया विमानस्थल क्षेत्रभित्र जहाज दुर्घटना भए दुई मिनेट र सहरी क्षेत्रमा आगलागी हुँदा खबरपाएको १० देखि १५ मिनेटभित्र दमकल पुगिसक्नुपर्ने अन्तर्राष्ट्रिय अभ्यास छ। तर, उपत्यकामा त्यसको सम्भावना शून्यजस्तै हो।

दमकललाई मात्र नभएर आजभोलि एम्‍बुलेन्स चालकलाई समेत उपत्यकाको ट्राफिक जामले हैरान बनाएको छ। धुलिखेल अस्पातालका एमबुलेन्स चालक राम वाग्ले भन्छन् ‘अफिस टाइम आएपछि कोही दमकल, एमबुलेन्स भनेर साइड दिँदैनन् आफूले चलाउन पाए भयो। जामले बिरामीलाई समयमै अस्पताल पुर्‍याउन निकै गाह्रो छ।

अग्नि नियन्त्रण गर्न दक्ष कर्मचारीको अभाव

उपत्यकामा आगलागी नियन्त्रणमा खटिने दक्ष कर्मचारीको पनि अभाव छ। तीन जिल्लामा गरेर अग्नि नियन्त्रणमा खटिने चालक र कार्यालय सहयोगीसहित ५० देखि ५५ जना कर्मचारी मात्र रहेको र यो पर्याप्त नभएको ललितपुर जुद्ध वारुण यन्त्रका प्रमुख कमललाल महर्जनले जानकारी दिए।

‘तीमध्ये अग्नि नियन्त्रणको जानकारी भएका त झनै कम छन्, उनले भने, ‘उपत्यकामा ठूला आगलागी भएमा नियन्त्रण एकदमै कठिन देखिन्छ।’ ‘ठूला आगलागी भयमुक्त बनाउने हो भने अत्याधुनिक प्रविधि जडित दमकल आवश्यक देखिन्छ।

जुद्धशमशेरले बेलायतबाट ल्याएका थिए दमकल

तत्कालीन श्री ३ जुद्धशमशेर राणाले बेलायत घुम्न जाँदा, त्यहाँ गुड्ने अनौठो उपकरण देखेपछि उनले त्यसको बारेमा सोधखोज गरे। बेलायती समकक्षीले आगो लाग्दा निभाउन प्रयोग हुने दमकल हो भनेपछि जुद्धशमशेरले उपहार पठाइदिन आग्रह गरेका थिए। त्यतिवेला उपत्यकामा बस्ती भरिएको थिएन।

आगलागीको सम्भावना पनि थिएन। तर, जुद्धशमशेरको रहरका कारण विक्रम सम्बत १९९४ सालमा बेलायतबाट ट्यांकीबिनाको एउटा दमकल काठमाडौं पुगेको थियो। हाल उपत्यकामा साना ठूला गरेर १२ वटा दमकल रहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.