|

दाङ : अवैध लागुऔषध अफिमसहित दाङमा ३ जना पक्राउ परेका छन्। घोराही उपमहानगरपालिका–१५ मा गोप्य सूचनाका आधारमा प्रदेश ५ अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूलाई सोमबार घोराहीमा पत्रकार सम्मेलन सार्वजनिक गरिएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले अफिमसहित ३ जनालाई प्रक्राउ गरेको जानकारी दिए।

पक्राउ पर्नेमा रोल्पा पाछावाङ–७ घर भई हाल घोराही उपमहानगरपालिका–१२ का ३१ वर्षीय शक्तिराम वली, रुकुम भुमे गाउँपालिका–८ का २७ वर्षीय एलनकुमार रोका मगर र भुमे गाउँपालिका–६ का २८ वर्षीय देवबहादुर ओली रहेको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट पाँच केजी २०० ग्राम अफिम बरामद गरिएको हो। यसबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.