|

ग्वाटेमालामा भएको शक्तिशाली ज्वालामुखी विस्फोटनमा परि कम्तीमा ६५ जनाले ज्यान गएको छ। 

उक्त मध्य अमेरिकी देशको विपद्सम्बन्धी निकायले उद्धारकर्ताहरूले फोएगो ज्वालामुखी भन्दा तल रहेका भिरालो क्षेत्रमा थप शवहरू फेला परेको र दर्जनौँ मानिसहरू हराइरहेको उल्लेख गरेका छन्।

तीव्र वेगमा बगेका तातो खरानी र लाभाबाट जोगाउने क्रममा चार हजार भन्दा बढी मानिसहरूलाई ग्वाटेमाला सिटी भन्दा ३५ किलोमिटर पर रहेको उक्त क्षेत्रबाट उद्धार गरिएको छ। राष्ट्रपति जिम्मी मोरालेसले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेका छन्।

ज्वालामुखी सम्बन्धी विज्ञहरूका अनुसार फोएगोबाट निस्केको खरानीको मुस्लो आकाशमा १० किलोमटरमाथिसम्म पुगेको थियो।  भिरालो क्षेत्रका गाउँहरूमा तातो हावा र ज्वालामुखीबाट निस्कने पदार्थहरू बगेर पुगेका थिए जसका कारण एल रोडिओ र सान मिगल लस लोटेस प्रभावित भएका थिए। उद्दार गरेर सुरक्षित स्थानमा र्पुयाइएका कैयौं व्यक्तिहरूले आफ्ना आफन्त हराइरहेको र आफूले निक्कै कष्ट भोगेर घर छाडेको बताएका छन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.