|

काठमाडौं : बोनस र हकप्रद सेयरमा एक सय रुपैयाँलाई आधारमुल्य मानेर पुँजीगत लाभकर लगाउने निर्णय गरेको सरकार अाफ्नाे निर्णयबाट पछि हटेको छ। अर्थमन्त्री युवराज खतिवडाले सेयरमा पाँच प्रतिशतबाट पुँजीगत लाभकर ७.५ प्रतिशत पुर्‍याउने घोषणा गर्ने वित्तिकै आन्तरिक राजश्व विभागले बोनस र हकप्रद सेयरमा पनि आधारमुल्य अनुसार पुँजीगत लाभकर लगाउने निर्णय गरेको थियो। 

बोनस र हकप्रदमा लगाउन खोजिएको पुँजीगत लाभकर वैज्ञानिक नभएको भन्दै लगानी कर्ताहरूले विरोध जनाएका थिए। आज अर्थमन्त्रालयमा बसेको लगानीकर्ता र सरकारी अधिकारीहरुको वैठकमा  हाललाई पुरानै विधिमा कर गणना गर्ने निर्णय गरेको छ। सरकारले हिँजो सेयर बजारको करका सम्बन्धमा अध्ययन गर्न एक अध्ययन समिति समेत गठन गरेको थियो। 

समितिले १५ दिनमा सरकारलाई प्रतिवेदन दिने छ। पुरानै विधिबाट कर गणना गर्ने निर्णय भएसँगै सेयर कारोबार पनि सुचारु भएको छ। अब अर्थमन्त्रालयले हाललाई पुरानै विधिबाट कर गणना गर्ने निर्देशन सहितको पत्र आन्तरिक राजश्व विभागलाई पठाउने छ। त्यसपछि विभागलले धितोपत्र बोर्ड, नेप्से र सिडिएस एण्ड क्लियरिङलाई पत्र लेख्ने छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.