|

संखुवासभा : बालिका बलात्कारको आरोपमा भोजपुरको षडानन्द नगरपालिका–१२ का ३० वर्षी भवानी कट्टेल पक्राउ परेका छन्। कट्टेलाई शुक्रबार पक्राउ गरी जिल्ला प्रहरी कार्यालय भोजपुर लगिएको प्रहरीले जनाएको छ।

जेठ १७ गते बेलुका पानी लिन जाँदै गरेकी सोही वडाको जिमीगाँउकी १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोमा कट्टेल पक्राउ परेका हुन्। घटना भएको केही दिनपछि उपचारमा लाग्ने खर्च दिने भन्दै प्रलोभन देखाइएको पीडितको परिवारले बताएको छ। यस्तै, केही व्यक्तिहरूले घटना गाउँमै मिलाउन पर्छ भन्दै दवाब दिएको पनि परिवारको भनाइ छ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल खाँदबारीमा गरिएको हो। बालिकाको स्वास्थ्य परीक्षण विवरण जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट झिकाइएको जिल्ला प्रहरी कार्यालय, भोजपुरका प्रमुख डीएसपी दिपेन्द्र पञ्जियार थारुले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.