वाणिज्यको फितलो, कृषिको आक्रमक अनुगमन

|

काठमाडौं : उपभोग्य सामाग्रीमा गोदामदेखि खुद्रापसलसम्म मनपरी मूल्य वृद्धिहुँदा समेत अनुगमनको जिम्मा पाएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायले प्रभावकारी अनुगमन गर्न सकेका छैनन्। बजेट कार्यन्वयनमै नआएको अवस्था र बजेटले प्रभाव नपार्ने उपोग्य सामाग्रीमा समेत मनलाग्दी मूल्य बढाउँदा सरकार मौन बसेको उपभोक्ता कर्मीहरूले आरोप छ।

तर, केही तालुक मन्त्रालयहरूले आफ्नो मन्त्रालय अन्तर्गतका क्षेत्रमा अनुगमनलाई तिव्रता दिएका छन्। गतसाता मात्रै कालिमाटी र बालाजुका फलफुल तथा तरकारी पसलमा ९९ व्यापारीलाई 'रेड कार्ड' देखाएका कृषिमन्त्रीको ध्यान अब भने दुग्ध उद्योग तर्फ देखिएको छ। उनले बजारको मूल्य भन्दा पनि गुणस्तर र सरकारले उपलब्ध गराएको सामाग्री र स्रोतको प्रयोगका विषयमा उनुगमनलाई प्राथमिकता देखाएका छन्।

गत साताको सोमबार अनुगमनमा निस्केका कृषि सहकारी तथा भूमिसुधारमन्त्री चक्रपाणि खनाल सोही दिन पारेर मन्त्रालयलयको टिमसँगै दुग्ध उद्योगमा पुगेका हुन्

गत साताको सोमबार अनुगमनमा निस्केका कृषि सहकारी तथा भूमिसुधारमन्त्री चक्रपाणि खनाल सोही दिन पारेर मन्त्रालयलयको टिमसँगै दुग्ध उद्योगमा पुगेका हुन्। टोलीले बालाजु औलोगिक क्षेत्र भित्र रहेका तीन र बाहिरका एक दुग्ध उद्योगमा छापामा मारेका हुन्।

औद्योगिक क्षेत्र भित्रका आधुनिक डेरी प्रोडक्ट लिमिटेड, सामुहिक कृषक लिमिटेलको सुलभ दुग्ध, सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) औद्योगिक क्षेत्र बाहिरको पुष्प डेरी फार्ममा अनुगमन गरियो।

अनुगमनबाट आधुनिक डेरीका तीन र पुष्प डेरीको एक गरी चार वटा गोदाममा सिल्बन्दी गरिएको छ।अनुगमनको क्रममा दुग्ध बनाउन प्रयोग गरिएको पाउडरको म्याद नखुलेको, सरसफाइमा पर्याप्त ध्यान नपुर्‍याएको पाइउपछि शिलवन्दी गरिएको हो।

असल उत्पादन प्रणाली प्रयोग गर्नुपर्ने  भए पनि आधुनिक डेरी प्रोडक्टले  त्यसो नगरेको दूधजस्तो संवदेनशील पदार्थको उत्पादनमा डेरीहरूले पर्याप्त ध्यान नपुर्‍याएको खाद्य तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीव कर्णले बताए।

बिहान चार बजेदेखि नै राजधानीका विभिन्न ठाउँबाट काठमाडौंमा वितरण भइरहेका ३० वटा उद्योगका दुधका स्पाम्पल संकलन गरेको छ।

टोलीले बिहान चार बजेदेखि नै राजधानीका विभिन्न ठाउँबाट काठमाडौंमा वितरण भइरहेका ३० वटा उद्योगका दुधका स्पाम्पल संकलन गरेको छ। ती दुधको गुणस्तर परिक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाएको छ।

स्याम्पलको सोमबारनै परिक्षण गरेर उचित कदम चाल्नको लागि विभागलाई आग्रह गरेका छन्। 'जतिबेला पनि अनुगमन हुन्छ, चुस्त दुरुस्त भएन भने कार्वाही हुन्छ' मन्त्री खनालले भने। उनले रिपोर्ट ठिक नपाइएमा मंगलबारदेखिनै कारबाही अघि बढाउनको लागि आग्रह गरेका छन्।

नियमनकारी निकायनै चुकेको मन्त्रीको गुनासो

मन्त्री खनालले विगतका अनुगनमको क्रमममा नियनकारी निकायहरू चुकेको दाबी गरेका छन्। 'सरसफाइ कुनै पनि मापदण्ड नपुर्‍याएको, लेवल नभएको पाउडर प्रयोग गरेको, उत्पादन मिति र सकिएको मिति नभएको पाइयो' मन्त्री खनालले भने नियमनकारी निकाय कहाँ चुक्यो त्यसको पनि कडाईका साथ अनुगमन नहुने हो भने हालत खराव हुन्छ।'

उनले अनुगमनको जिम्मा पाएको नियमनकारी निकाय आखाँ चिम्लेर बसेको समेत आरोप लगाएका छन्। यस विषयमा प्रधानमन्त्रीको समेत ध्यानकर्षण गराउने प्रतिवद्धता मन्त्री खनालले जनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.