|
प्रतीकात्मक तस्बिर

जाजरकोट : जाजरकोटमा एक वडाअध्यक्ष पक्राउ परेका छन्। भेरी नगरपालिका– १२ का  वडाध्यक्ष नीमबहादुर भनारीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।

भेरी नगरपालिका–१२ शितला रावतले २०७३ फागुन १७ गते मदिरा सेवन गरेर भनारीले आफूलाई खुकुरी देखाएर गालीगलौज गरी ज्यान लिने धम्की दिएको भन्दै सार्वजनिक अपराधअन्तर्गत स्थानीय प्रशासनमा जाहेरी दिएकी थिइन्। घटनालगत्तै खुकुरीसहित पक्राउ परेका वडा अध्यक्ष भनारी १० दिन प्रहरी हिरासतमा बसेर तारेखमा छुटेका थिए। वडाध्यक्ष नहुँदै भएको घटनाको वडाअध्यक्ष भएको करीब एक वर्षपछि गत वैशाखमा फैसला भएको थियो।

गत वैशाख १० गते तत्कालीन प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले वडाअध्यक्ष भनारीलाई दोषी ठहर्‍याउँदै एक महिना १० दिन कैद र छ हजार जरिवाना सुनाइएका थिए। फैसलामा चित्त नबुझे सम्बन्धित पक्षले फैसलाको ३५ दिनभित्र पुनरावलोकनका लागि निवेदन दिन सकिने कानुनी प्रावधान रहेको छ। उक्त अवधि वितेपछि प्रहरीले फैसला कार्यान्वयन गर्न वडाध्यक्ष भनारीलाई पक्राउ गरेको सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले बताए। 

घटनालगत्तै हिरासतमा बसेको १० दिन कटाएर उनले अब एक महिना कारागारमा बस्नु पर्ने भएको छ। तत्कालीन एमालेबाट निर्वाचित वडाअध्यक्षलाई छुटाउन पार्टीका नेतादेखि विभिन्न शक्ति केन्द्रबाट दबाब आइरहेको प्रहरी स्रोतले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.