|

भक्तपुर : भोजपुर अरुण गाविस–४ घर भई हाल चाँगुनारायण नपा–७ सैजु डेरी नजिक डेरा गरी बस्ने २८ वर्षीया सलिना माझीलाई बन्चरोको प्रहारबाट हत्या गरी फरार भएका एक युवकलाई प्रहरीले बुधबार पक्राउ गरेको छ।

२०७५ साल जेठ २५ गते राति सुतिरहेको अवस्थामा टाउकोमा बन्चरो प्रहार गरी फरार भएका सलिनाका श्रीमान् २९ वर्षीय उमेश कुमार माझीलाई काठमाडौं कागेश्वरी नपा–२ आलापोटबाट पक्राउ गरेको हो। माझीले डेरागरी बसेको कोठामै श्रीमतीलार्इ बन्चरो प्रहार गरी फरार भएको थियो।

माझीलाई ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरी कानुनी कारवाही अघि बढाइएको महानगरीय प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकृत सुशिलकुमार  पाण्डेले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.