|

ताप्लेजुङ : विश्वकप फुटबल हेरेर फर्कने क्रममा ताप्लेजुङमा बिहीबार राति खोलाले बगाएर एक जना बेपत्ता भएका छन्।

फुङलिङ नगरपालिका–९ हाङदेवाबाट सदरमुकाम आउने क्रममा मोटरसाइकलसहित लप्सेखोलामा गर्दै गर्दा आएको बाढीले बगाउँदा सनम राई बेपत्ता भएको प्रहरीले जनाएको छ। इलाम घर भएका राई फुङलिङको पाथीभरा मोटरसाइकल वर्कसपमा काम गर्दै आएका थिए।

हाङदेवामा रहेको जनता मावि परिसरमा विश्वकप हेर्न बनाइएको हलबाट राति फर्कंदा बाढीले बगाएको हो। उनी चढेको मोटरसाइकल करिब १५ मिटर तल पुरिएको अवस्थामा फेला परे पनि सनम भने बेपत्ता रहेको बताइएको छ। मोटरसाइकलको पछाडी रहेका १८ वर्षीय खड्क बिक भने हाम फालेर बाँच्न सफल भएको प्रहरीले बताएको छ। बेपत्ता सनमको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.