|

चितवन : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनमा अन्तर्घात गर्ने पार्टीका नेता, कार्यकर्तालाई कडा कारवाही गर्ने चेतावनी दिएका छन्। 

सभापति देउवाले पार्टीभित्रको अन्तर्घातकै कारण प्रतिनिधिसभा निर्वाचनमा २५ सिट गुमाउनुपरेको बताए। सोमबार भरतपुरमा नेपाल दलित संघ, चितवनले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफू पार्टीलाई एकतावद्ध बनाउने अभियानमा लागेको दाबी पनि गरे।

सभापति देउवाले आफूलाई मात्रै दोष दिएर पार्टी नचल्ने पनि स्पष्ट पारे। उनले आगामी निर्वाचनमा पार्टीलाई पहिलो स्थानमा पुर्‍याउने दृढता पनि व्यक्त गरे।

देउवाले पार्टीलाई एकतावद्ध बनाउन सबै पक्ष लाग्नुपर्नेमा पनि जोड दिए।

पछिल्लो समाचार  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.