|

लमजुङ : आफैँले जन्माएको नाबालिका छोरीको हत्या गरेको आरोपमा लमजुङमा एक महिला पक्राउ परेकी छन्। १८ महिने छोरीको हत्या गरेको अभियोगमा लमजुङको राइनास नगरपालिका-३ ढाँडखर्क बस्ने सम्झना विकलाई प्रहरीले पक्राउ गरेको हो।

३० वर्षीया विकले असार ११ गते १८ महिने छारी मञ्जिलाको घाटीमा सल बेरी घाइते बनाएको अवस्थामा आफन्तले भेटेको प्रहरीले जनाएको छ। घाइते नाबालिकाको स्थानीय मेडिकल हुँदै काठमाडौंस्थित कान्तिबाल अस्पतालमा उपचार गर्ने क्रममा असार १८ गते मृत्यु भएको थियो।

छारीको मृत्युपश्चात् सम्झनालाई तत्काल महानगरिय प्रहरी वृत्त महाराजगञ्जले पक्राउ गरी थप अनुसन्धानको लागि जिल्ला पठाएको छ। हत्या आरोपी विकलाई शुक्रबार म्याद थप गरी हिरासत कक्षमा राखी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायव उपरीक्षक यादव ढकालले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.