समाज : सुरक्षा/अपराध

खोलामा वृद्धाको शव फेला
SHARES

असार २६, २०७५

    ताप्लेजुङ : ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनमा ७० वर्षीया वृद्धाको शव फेला परेको छ। असार २१ गतेबाट बेपत्ता स्थानिय धनमायाँ लिम्बू सोमबार नेम्मेङ खोलामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। 

    २१ गते स्थानिय सोम थलङको घरमा गई मदिरा लिएर घर तर्फ फर्किएको र सोहि दिनदेखि उनी वेपत्ता रहेको बताईएको छ। मृतक महिला घरमा एक्लै बस्ने गरेकी थिइन्। सोमवार उनका ज्वाइ ससुराली घरमा जाँदा सासुलाई नदेखे पछि खोजतलास गर्ने क्रममा महिलालाई मृत अवस्थामा फेला परिएको थियो। घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]