|

जाजरकोट  :  यहाँको नलगाड नगरपालिका वडा ८ कायखेत स्थित सयौँ रोपनीमा लगाएको धान बाली नष्ट भएको छ। शनिबार बिहान आएको पहिरोले कायखेतमा रहेको धानसहितको खेत पुर्दा यहाँका किसान मर्कामा परेका छन्। हुमप्रकाश सिंह, हिरालाल खत्री, खर्कबहादुर शाहीलगायतका ५ जनाको घर परिवार पहिरोका कारण घर छाडेर विस्थापित भएका छन्।

त्यस्तै पहिरोले मकैलगायतको जग्गा पुर्दा मकैबालीसमेत नष्ट भएको छ। कायखेत- जिकुवा सडकबाट आएको पहिरोले यहाँका स्थानीयको उठीबास लागेको हो। मापदण्डविपरीत डोजरद्वारा निर्माण गरिएको यो सडकबाट यहाँका दर्जनौँ अन्य घरसमेत जोखिममा परेका छन्।

यस्तै छेप्का- कैना सडक खण्डको डाडागाउँमा पहिरो आउँदा यातायात सेवा ठप्प भएको छ। पहिरो गएको ठाउँमा सडक निर्माणका लागि पहल सुरु गरिने नलगाड नगरपालिकाले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.