|

काठमाडौं : महानगरीय प्रहरी परिसर काठमाडौँ र ललितपुरको संयुक्त टोलीले एक थान पेस्तोल, पाँच राउण्ड गोली र दुई थान म्याग्जिनसहित तीन जनालाई पक्राउ गरेको छ। 

परिसरको टोलीले ललितपुर महानगरपालिका–१४ नख्खीपोटबाट मेड इन जर्मनी लेखिएको पेस्तोल र गोलीसहित ताप्लेजुङका ३६ वर्षीय हेमराज पौडेल तथा रामेछापका ३६ वर्षीय अंशुराम मोक्तान र २४ वर्षीय कृष्णबहादुर जोगीलाई अाइतबार पक्राउ गरेको हो। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता मोहनकुमार थापाले हतियार लिएर हिँड्दै गरेका अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.