गाउँको सामान शहरमा ल्याउने अभियान अब नेपालकाे समान विदेशमा

|

काठमाडौं : नेपालमा प्रत्येक वर्ष कृषिजन्य सामाग्रीको आयात बढेको छ। कृषि उपजका सामाग्रीको निर्यात बढाएर व्यापार सन्तुलन मिलाउनु पर्नेमा करोडौँको कृषि सामाग्री निर्यात गरेर खर्बको आयात भएपछि असन्तुलन बढ्ने नै भयो। 

कृषिको व्यवसायीकरण, आधुनिकीकरण र बजारीकरण नभएको कारण परनिर्भरता बढ्दै गएको विषयमा दुई मत छैन। तर, यति हुँदाहुँदै पनि करोडौँ मूल्य पर्ने कृषि सामाग्री खेर गएका छन् भने कतिले मूल्य पाएका छैनन्।

काम गर्दै जाँदा पर्ने समस्याको छिटो कसरी समाधान गर्ने व्यवसाय फष्टाउने आधार हो।

खासगरी पहाडी क्षेत्रमा नोक्सान हुने र मूल्य नपाउने फलफूल तथा अन्य कृषि सामाग्रीको उपयोग बढ्ने सकेको छैन। बिक्रीको लागि बजारको पहुँच विस्तार भएको छैन। यही समस्यालाई समधान गर्नको लागि चालिएको एउटा व्यवसायीक अभियानले सार्थकता पाउँन थालेको छ। 

एउटा नयाँ व्यसाय सुरु गरियो। त्यसको क्षेत्र कति विस्तार गर्ने? लक्षित क्षेत्र कहाँ हो? नाफा कहिलेबाट? व्यवसाय सुरु गर्नु पहिलेका योजना हुन्। काम गर्दै जाँदा पर्ने समस्याको छिटो कसरी समाधान गर्ने व्यवसाय फष्टाउने आधार हो।

यही योजना र समस्या समाधानबाट व्यवसाय विस्तार गर्न युवा व्यवसायी ध्रुव न्यौपानेले पछिल्लो चार वर्षदेखि अभियान सुरु गरेका छन्। त्यो अभियान हो पैँचो पसल। आफ्नै दौतरीहरूको समूहबाट सुरु गरिएको यो व्यवसायीक अभियानमा सामान किन्ने र बेच्ने मात्रै नभएर उत्पादनमा पूर्व लगानी गर्ने पनि रहेको न्यौपाने बताउछन्। 

'पाँच वर्षपछि तपाई मसँग कुरा गर्नु युरोपका कुन देशमा कति सामान पठाउनु भयो, मध्य एशियामा कति सामान पठाउनु भयो भनेर तपाइले लिस्ट माग्दा मैले सजिलै उपलब्ध गराउने छु'

गाउँको उत्पादन शहर भित्र्याउन सुरु गरेको यो अभियान अब नेपालको उत्पादन विदेशमा निर्यात रहेको छ। 'पाँच वर्षपछि तपाईं मसँग कुरा गर्नु युरोपका कुन देशमा कति सामान पठाउनु भयो, मध्य एसियामा कति सामान पठाउनु भयो भनेर तपार्इंले लिस्ट माग्दा मैले सजिलै उपलब्ध गराउने छु' पैँचो पसल प्रालिमा प्रबन्ध निर्देशक रूपमा रहेका न्यौपानेले थाहासँग भने। 

उनले अबको पाँच वर्षमा युरोप र मध्य एसियाको सबै देशमा पैँचो पसलको शाखा विस्ता गर्ने योजना बुनेका छन्। 'आगामी वर्षदेखि चीन र भारतमा अकबरे खुर्सानी पैँचो पसलको तर्फबाट निर्यात गर्ने गरी तयारी गरिएका न्यौपानेले बताए। यसै वर्षबाट नै पैँचोले विदेश निर्यात सुरु गर्छ' उनले भने।

न्यौपाने एक्लै यो अभियानमा छैनन्। उनीसँग अहिले आफ्नै उमेर समूहका ३५ जना युवा रहेको छन्। करिव चार वर्षमा गरिएको अभिायान अहिलेको स्थितिमा आएको प्रति सन्तुष्ट रहे पनि थप विस्तार उनको प्राथमिकतामा छ। 'काम सुरु गर्दा सबैभन्दा राम्रो कसरी गर्ने उदाहरणीय कसरी बनाउने सबैको चिन्ताको विषय बनेको हुन्छ तर छोटो समयमै हामीले ठूलो उपलब्धि हासिल गरेको छौँ' न्यौपाने भन्छन्। 

चार वर्ष निरन्तर लगानी विस्तार गरे मात्रै नाफा लैजाने योजनासहित २०७१ को कातिक महिनाबाट सुरु गरिएकोमा अहिले २२ करोडको लगानी विस्तार भएको छ। थप केही समय लगानी विस्तार गर्ने योजनामा छन् उनीहरू। 

सुरुवातमा आफैँ नाम्लो, डोको गरेर सुरु गरिएको पैँचोमा अहिले ४०० जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। प्रदेश एक र दुईका केही जिल्लाबाहेक सबै जिल्लामा पैँचो पसल विस्तार भएको छ। 

आर्थिक वर्ष २०७४/०७५ मा गुल्मीको रिडीमा रहेको संकलन केन्द्रमा करिब ६ करोड मूल्य बराबरको कृषि उपज खरिद गरी संकलन गरेको पैँचो पसलको तथ्यांक छ। गुल्मी, पाल्पा, अर्घखाँची, दैलेख, कालिकोट र उच्च पहाडी क्षेत्रका उत्पादन हुने सामाग्री संकलन केन्द्रमा पुर्‍याइन्छ। 

यी जिल्लाका कृषकहरूको कृषि उपजरको बजार ग्यारेन्टी मात्रै हैन उत्पादन पूर्व नै उत्पादनको लागि लगानी, तालिम र बीउ उपलब्ध गराउँने अभियानसमेत सुरु गरिएको न्यौपानेले बताए।

उत्पादन भएको सामाग्रीलाई बजारको सहज पहुँच देखाउने मात्रै हैन कृषकलाई पहिले लगानी गरेर उत्पादित सामाग्रीको ग्यारेन्टी पनि गर्नेका हो।

उनी अबको पाँच वर्षमा करिब दुई हजार जनालाई पैँचो पसल प्रालिमा रोजगारी दिने र वार्षिक तीन अर्बका कृषि सामाग्री संकलन गर्ने योजना छ। संकलन क्षेत्र विस्तार गर्ने कम्तिमा ४० जिल्लाबाट कृषि उपज उठाउने योजना रहेको उनले बताए। 

'हामी उत्पादन भएको सामाग्रीलाई बजारको सहज पहुँच देखाउने मात्रै हैन कृषकलाई पहिले लगानी गरेर उत्पादित सामाग्रीको ग्यारेन्टी पनि गर्ने हो' न्यौपानले भने 'कृषकलाई प्रविधिमा हामी नै सहयोग गर्छाै, आवश्यक पर्ने लगानी पनि हामी सहयोग गर्छौं, अनि हामी आफैँ गएर उत्पादित सामाग्री किन्छौँ, यसले कृषकलाई प्रोत्साहन गर्छ।'

पैँचो पसलले अचार, होल क्यान कर्न, आटो, कोदाको पिठो, टोमाटो केचअप, जाम, जुस, सिन्की मस्यौरालगायतका वस्तुहरू पैँचोको ब्राण्डमा उत्पादन गरिरहेको छ। जुम्लाको सिमी, पहाडी मकैको आटोलगायतका वस्तुहरू प्याकेजिङ गरी बजारमा ल्याएको छ।

न्यौपानेका अनुसार ५० नामका २८ प्रकारका कृषि सामाग्री पैँचोपसलबाट बिक्रीवितरण गरिएको छ। प्राय: स्वदेशका मुख्य शहरमा पैँचोपसल विस्तार गरेपछि विदेशी बजारमा विस्तारको लागि यस वर्ष चीनको संघाइमा हुने मेलामा भाग लिने र यसै वर्षबाट नै चीनमा पैँचोको शाखा विस्तार गर्ने योजनामा पैँचो प्रालि छ। युरोप र छिमेकी देशहरू निर्यातको लागि प्रक्रिया सुरु भएको न्यौपाने बताउँछन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.