|

पर्सा : जिल्लाको पर्सागढी नगरपालिका-८ का एक पुरुषलाई बालिकालाई जबरजस्तीकरणी गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको छ। बालिकाका अभिभावकले दिएको उजुरीको आधारमा उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको हो। 

प्रहरीको नियन्त्रणमा परेका ४० वर्षीय पुरुष स्थानीय टइट राम चमार रहेको पर्सा प्रहरीले जनाएको छ। उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइपुर्‍याएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए। 

बालिकाको स्वास्थ्य परीक्षणपछि अभियुक्त चमारलाई थप अनुसन्धान गरी जबरजस्ती करणी (जजक) मुद्दामा कारबाही अगाडि बढाइने प्रहरी उपरीक्षक ढकालको भनाइ छ। अभियुक्तले शुक्रबारै मध्याह्‍न अगाडि बालिकालाई जबरजस्तीकरणी गरेको प्रहरीमा उजुरी परेपछि स्थानीय प्रहरीले नियन्त्रणमा लिएर जिल्लामा बुझाएको पर्सा प्रहरीले जनाएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.