|

जनकपुरधाम : प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले मुलुक संघीयतामा प्रवेश गरे पनि पहिचानवादी शक्तिहरूले पहिचानको लागि एकजुट भएर अघि बढ्नु पर्नेमा जोड दिएका छन्। नेपाल मगर संघ प्रदेश समितिले सर्लाहीको लालबन्दीमा आयोजना गरेको सम्मान तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकमा पछाडि पारिएका समुदायहरू एकजुट नभएसम्म पहिचान स्थापित हुन नसक्ने बताएका हुन्।

मुख्यमन्त्री राउतले भौतिक विकासले मात्र मुलुकको विकास सम्भव नरहेकोले सबै जातजातिको भाषा, संस्कृतिको संरक्षण गरे मात्र मुलुकको समग्र विकास हुने पनि उल्लेख गरे। उनले दलित,आदिवासी, जनजाति, मधेसी, मुस्लिम सहितलाई एकजुट हुनुपर्ने आवश्यकता समेत औल्याए। मुख्यमन्त्री राउतले प्रदेश सरकार सबै जातजाति, भाषा, धर्म, संस्कृति संरक्षण संवर्द्धनमा प्रतिवद्ध रहेकाले भौतिक विकासको लागि समेत प्रदेश सरकार पछि नपर्ने समेत बताए।

कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा बादल, नेपाल मगर संघका प्रदेश संयोजक लेखराज जर्गामगरकाे समेत उपस्थिति थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.