|

दैलेख : आठबिस नगरपालिका-१ मा एक महिलाको सर्पदंशबाट मृत्यु भएको छ। वडा १ सात्तलाकी ३४ वर्षीया देउरुपा थापाको  शनिबार राति बिसालु सर्पले डसेर मृत्यु भएको हो।

सर्पले डेसेर बिरामी परेकी थापालार्इ उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको स्थानीय जीतेन्द्र थापाले बताए। उनका अनुसार घरमा सुतिरहेको अवस्थामा थापालार्इ सर्पले डसेको थियो। तर आफन्तलार्इ राति २ बजे मात्र थाहा पाएपछि झारफुक गर्न लागेका थिए। झारफुक क्रममा बिरामी थापाको अवस्था झन् गम्भीर भएपछि उनलार्इ अस्पताल लगिएको थियो। अस्पताल नपुग्दै उनको मृत्यु भएको स्थानीय जीतेन्द्रले बताए।

नजिकमा अस्पताल नहुँदा वर्सेनी सर्पको टोकाइबाट यहाँ मृत्यु हुनेको संख्या बढ्दै गएको  छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.