|

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै शनिबार सुन तस्करी गर्ने दुईजना भारतीय नागरिक पक्राउ परेका छन्। उनीहरूको साथबाट दुई किलो ६८० ग्राम सुनसहित पक्राउ परेका हुन्। 

पक्राउ पर्नेमा भारतको दिल्ली घर भएका राहदानी नम्बर एन ४६१७८९० बाहक ३१ वर्षीय इम्रान र भारत उत्तर प्रदेश घर भएका २१ वर्षीय राहदानी नम्बर जेड ४१७४१०७ बाहक अरीफ अली रहेका छन्। उनीहरू थाई एयरको जहाजमार्फत बैंकक हुँदै काठमाडौं आएको एयरपोर्टका प्रहरी उपरीक्षक दिनेश मैनालीले बताए। उनकाअनुसार पक्राउ परेका दुवै जनाले आफ्नो संवेदनशील अंगभित्र लुकाई छिपाई सुन ल्याएका थिए।

तस्करीको सुन ल्याउँदै गर्दा उनीहरू विमानस्थलको अागमन द्वारमा पक्राउ परेको मैनालीको भनाई छ। उनीहरूबारे थप अनुसन्धान जारी रहेको मैनालीले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.