|

काठमाडौं : साइबर अपराध र मानव बेचबिखन तथा ओसारपसार अर्थात् ह्युमन ट्राफिकिङका घटना अनुसन्धान गर्न नेपाल प्रहरीमा बेग्लै ब्युरो बन्दै छ।

साइबर क्राइम ब्युरो (सिसिबी) र ह्युमन ट्राफिकिङ ब्युरो (एचटिबी) गठन प्रक्रिया अन्तिम चरणमा पुगेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार दुवै ब्युरो केही साताभित्रै गठन हुने समाचार नयाँ पत्रिका दैनिकमा छ। प्रहरी प्रवक्ता शैलेश थापाले भने, ‘सरकारले स्वीकृति दिइसक्यो। नेपाल प्रहरीले आवश्यक नीति नियम बनाउँदै छ । यसका लागि प्रहरी संगठनका विज्ञटोलीगठन भए। केही दिनभित्रै उनीहरुल प्रतिवेदन पेस गर्नेछन् र सोही आधारमा ब्यारो गठन हुनेछन्।’

संगठनमै कान्छो ब्युरो बन्न लागेको सिसिबीले साइबर अपराध सम्बन्धमा मात्रै अनुसन्धान गर्नेछ। एचटिबीले भने मानव बेचबिखनका विषयमा गहिरिएर अनुसन्धान गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.