|

काठमाडौं : प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले डा. गोविन्द केसी र सरकारबीच भएको सहमतिबारे संसदलाई जानकारी दिन माग गरेको छ।

शुक्रबारको बैठकको सुरुमै कांग्रेसका सांसदहरू उठेर उक्त माग गरेका थिए। कांग्रेस सांसद मिनेन्द्र रिजालले डा. केसी र जनतासामू सरकार झुकेको बताए। उनले दुई तिहाइको दम्भ नदिएर जनतासँगै हिँड्न माग गरेका थिए।  

उनले यसपहिले चिकित्सा शिक्षाबारे अध्यादेशलाई प्रतिस्थापन नगर्न अनुरोध गरेको तर नमानेको बताए। उनल भने, 'दम्भ र अहंकारको सिंहासनमा बस्नेहरू अन्ततः जनता सामु, संविधानसामु, डा. केसीसामु झुक्नुपर्‍यो।'

उनले डा. केसीसँग भएको सहमति संसदको सम्पती बन्नुपर्ने बताए। उनले त्यसका लागि संसदमा मन्त्रीको जवाफ चाहिएको बताए। उनले जनतालाई संविधानले मौलिक हकका रुपमा स्थापित गरेका शिक्षा, स्वास्थ्य, खाद्य, रोजगारीका जस्ता विषयलाई सरकारले कसरी दिन्छ भन्ने स्पष्ट पार्न माग गरे।

त्यस्तै, कांग्रेसले सभामुख र उपसभामुख एउटै दलको भएकामा संविधानमो पालना गर्न माग गरेका छन्। उनले अदालतमा मुद्दा परेको भनेर नपन्छिन माग गरेका छन्। यस विषयमा अदालतलाई करकापमा पार्ने र अदालतलाई दबाब दिने काम भएको रिजालको आरोप थियो।

रिजाल बोलिरहँदा नेकपाका सांसद कृष्णभक्त पोरखेलले अदालतमा रहेको मुद्दाका बारेमा संसदमा बहसको विषय हुन नहुने भन्दै नियमापत्ति गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.