|

काठमाडौं : नेपाली कांग्रेसले डा. गोविन्द केसी र सरकारबीच भएको सहमतिका बुँदा संसदमा वाचन गर्न माग गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ।

कांग्रेसको अवरोधका कारण संसद १० मिनेटका लागि स्थगित भएको छ।

कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकार र केसीबीच भएको सहमतिका बुँदा संसदमा वाचन गर्न माग गरेका थिए।

कांग्रेसको उक्त मागको जवाफमा उभिएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखलेको जवाफ चित्त नबुझेको भन्दै कांग्रेसले बैठक अवरुद्ध गरेको हो। कांग्रेसले मन्त्री पोखरेलले गोलमटोल जवाफ दिएको आरोप लगाएका थिए।

मन्त्री पोखरेलले मन्त्रिपरिषद्ले उक्त सहमति पारित गरिनसकेकाले वाचन गर्न अस्वीकार गरेका थिए। त्यसपछि पनि नमानेपछि उनले उक्त सहमतिपत्रलाई सभामुख मार्फत संसद समक्ष टेबुल गरेका थिए। त्यसपछि पनि कांग्रेसले संसदमा प्रस्तुत गर्नुपर्ने भन्दै उभिएर अवरुद्ध गरिरहेका थिए।

सभामुख कृष्णबहादुर महराले पटक पटक बस्न आग्रह गरेका थिए। सभामुख महराले उक्त सहमति पत्र संसद सचिवालय मार्फत प्रत्येक सांसदहरूकोमा आउने आग्रह गर्दापनि उनीहरु बसेनन्।

मन्त्रीपरिषद्ले डा केसीसँग भएको सहमतिलाई स्वीकार नगरीकनै मन्त्री पोखरेल संसदमा जवाफ दिन आएको भन्दै कांग्रेसले विरोध गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.