|

काठमाठौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सरकारले डा. गोविन्द केसीसँग गरेका सहमतिलाई संसदको प्रक्रियामार्फत ऐन बनाउन सहमत रहेको बताए। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद थापाले कांग्रेस अनशनको श्रृंखला अन्त्य गर्न र चिकित्सा शिक्षामा सुधारका लागि कांग्रेस शतप्रतिशत सहमत रहेको बताए। उनले यो विषयमा सरकारलाई सहयोग गर्न तयार रहेको बताए।

सांसद थापाले कांग्रेसले संसदमा विरोध नगरेको भए डा. केसीको अवस्था अर्कै र दुःखद् हुन्थ्यो भने। उनले भने, 'संसदको बैठकमा कांग्रेस किन उठेको भनेर केही साथीहरूले सोधे, मैले भने कांग्रेस नउठेको भए डा. केसी सुतेको सुत्यै हुन्थ्यो। कांग्रेस उठेको उठ्यै गर्नाले डा. गोविन्द केसीसँग सहमति गर्न सरकार बाध्य भयो।'

थापाले डा. केसी पक्ष संसदमा प्रस्तुत भएको विधेयक फिर्ता नहुन्जेल वार्ता गर्त तयार नरहेको अवस्थामा आफूले विधेयकका विषयमा कुरा गर्न र सहमति गर्न आग्रह गर्दा पनि सरकारी पक्षका नेताहरूले आफूलाई विभिन्न आक्षेप लगाएकामा दुःख व्यक्त गरेका थिए।

उनले डा. केसी र सरकारबीच अहिलेको अवस्था आउनुमा विगतमा भएका सहमति पालना नहुनु रहेको बताएका थिए। उनले देउवा सरकारले ल्याएको अध्यादेश अनुसार विधेयक ल्याएको भए डा. केसी २७ दिन अनशन बस्ने अवस्था आउने थिएन र सरकारको यो अवस्था आउने थिएन भने।

उनले सरकारले डा. केसीसँग सहमति गरेर आफ्नो दुःख आफैँ बिसाएको बताए। उनले आफूले ल्याएको विरोधको प्रस्ताव फिर्ता लिएका छन्। उनले सरकारलाई र संसदलाई विश्वास गर्दै आफ्नो विरोधको प्रस्ताव फिर्ता लिएको बताए। उनले उक्त विरोधको प्रस्ताव दर्ता गर्दाताका र अहिलेको अवस्था फरक रहेकाले उक्त प्रस्ताव फिर्ता लिन लागेको बताएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.