|

ताप्लेजुङ : ताप्लेजुङमा होटल तथा रेष्टुरेष्ट ब्यवसायमा सुविधा र लगानी थपिदै गएको छ। आन्तरीक तथा बाह्य पर्यटकलाई स्तरीय सेवा प्रदान गर्न नयाँ होटल खुल्ने र पुराना होटलले क्षमता तथा सुबिधा बढाउने क्रम बढेको हो।

यसैक्रममा ताप्लेजुङ सदरमुकाम फुङलिङमा नयाँ होटल अन्नपुर्ण सञ्चालनमा आएको छ। होटलको शुक्रबार एक औपचारिक कार्यक्रमका बीच प्रदेशसभा सांसदहरू बलबहादुर साम्सोहाङ, टंक आङ्वुहाङ र होम कुमारी साँवा, जिल्ला समन्वय समितिका संयोजक घनेन्द्र मादेनले संयुक्त रूपमा रिवन काटेर उद्घाटन गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष तारानाथ घिमिरेले जिल्लामा यस्ता होटलहरूमा गरिएको लगानीले सिंगो ताप्लेजुङको नै पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने बताए। उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी, सिदिङ्वा गाउँपालिकाका अध्यक्ष नरबहादुर कडरिया, प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेत, नयाँ रणभीम गुल्मका गुल्मपति निर्मल खड्का, सशस्त्र प्रहरी बल कंचनजंघा गुल्मका प्रहरी नायब उपरीक्षक श्याममणि ढकाल र अनुशन्धान अधिकृत दुर्गा चापागाईं लगायतको उपस्थिति रहेको थियो।

५० जनाको क्षमता भएको सो होटलमा १५ वटा कोठा छन्। कोठामा फ्रि वाइफाइ र तातोपानीको सुविधा छ। तालीम हल र पार्किङको सुविधा पनि रहेको होटल संचालक गायत्री निरौलाले जानकारी दिइन्। होटलमा आठजनाले रोजगारी पाएका छन्। आरामदायी र सुविधायुक्त कोठाको साथै विर्यानी परिकार होटलको मुख्य विशेषता रहेको निरौलाको भनाइ छ।

पछिल्लो समय ताप्लेजुङमा नयाँ होटल तथा रेष्टुरेन्ट स्थापना हुने र पुरानाले सेवा, सुविधा, पूर्वाधार बढाउन थालेपछि होटल तथा रेष्टुरेष्ट ब्यवसायमा लगानी बढेको छ। ताप्लेजुङको पर्यटकीय तथा धार्मिकस्थल जाने तीर्थयात्रीहरूलाई लक्षित गरेर अन्य होटलहरूले समेत सेवा, सुविधा र क्षमता बढाउँदै गएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.