|

काठमाडौं : साढे ३३ किलो सुन गायब र सनम शाक्य हत्या प्रकरणका मुख्य आरोपी गोरे भनिने चुडामणि उप्रेतीका अर्का सहयोगी बेनु श्रेष्ठ प्रहरी सम्पर्कमा आएका छन्। श्रेष्ठ अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को शाखा कार्यालय दुबईमा प्रहरीको सम्पर्कमा आएका हुन्।

दुबईबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सुन तस्करी गर्न गोरेलाई सघाउँदै आएका श्रेष्ठलाई नेपाल प्रहरीले रेड नोटिस जारी गरिसकेको छ। यसअघि गोरेका भाइ रमेश उप्रेतीलाई दुबई प्रहरीले नै सम्पर्कमा ल्याएको अन्नपूर्ण पोस्टमा समाचार छ। दुबई इन्टरपोलले उप्रेतीबारे थप प्रमाण पेस गर्न नेपाल प्रहरीलाई आग्रह गरेपछि प्रहरीले दोस्रो पटक पत्र पठाइसकेको छ।

उनीहरुमाथि लगाइएको अयिोग थप पुष्टि भए दुबई इन्टरपोलले नेपाल प्रहरीलाई हस्तान्तरण गर्ने प्रहरी प्रधान कार्यालयको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.