|

काठमाडाै‌ं : फोटो पत्रकार क्लब (पिजे क्लब) ले आयोजना गरेको आइएमई–ग्लोबल आइएमई बैंक नेपाल फोटो प्रतियोगिता २०७५ मा छानिएका उत्कृष्ठ तस्विरहरूको प्रदर्शनी सकिएको छ। प्रदर्शनी काठमाडाैंको नेपाल आर्ट काउन्सिल, बबरमहलमा  साउन १६ गते बुधबारबाट २१ गते सोमबारसम्म जम्मा ६ दिन चलेको थियो। 

फोटो प्रदर्शनी करिब १८ हजार दर्शकले अवलोकन गरे। राजनीतिकर्मीदेखि कलाकार, साहित्यकार, पेशाकर्मी, विद्यार्थी, पत्रकार लगायतका विभिन्न क्षेत्रका दर्शकहरूले प्रदर्शनी अवलोकन गरेका थिए । 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, रक्षा मन्त्री ईश्वर पोख्रल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सेना, वन तथा वातावरण मन्त्री शक्ति बस्नेत, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेकपाकै वरिष्ठ नेता अमृत कुमार बोहोरा, नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला, नेपाली कांग्रेसका नेता पूर्ण बहादुर खड्का, नेकपाका सांसद योगेश भट्टराई, नेकपाका सांसद महेश बस्नेत, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, नेपाली कांग्रेसका नेता राजेन्द्रकुमार केसी, नेकपाका नेता राजन भट्टराई, नेपाली कांग्रेसका सांसद सञ्जय गौतम, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारका, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा, नेपाल च्याम्बर अफ कमर्सका उपाध्यक्ष कमलेशकुमार अग्रवाल, स्वतन्त्र ऊर्जा उत्पादक संघका अध्यक्ष शैलेन्द्र गुरागाईं, नेपाल अटोमोबाइल एसोशिएसन (नाडा) का उपाध्यक्षद्वय कृष्णप्रसाद दुलाल र प्रकाश कपुरी, नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर, अनेरास्ववियू (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङ, पर्यटन व्यवसायी विक्रम पाण्डे काजी लगायतले प्रदर्शनीको अवलोकन गरेका थिए।

नेपाल आर्ट काउन्सिल, बबरमहलमा साउन १६ गते सुरु भएको फोटो प्रर्दशनीको माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गरेका थिए ।

फोटो प्रदर्शनीमा कल्चर एन्ड टुरिजम, नेपाल टेलिकम, नेचर एन्ड वाइल्ड लाइफ, आइएमएस डेली लाइफ, अर्घाखाँची सिमेन्ट न्यूज फोटो, शिखर इन्स्योरेन्स नेपाल स्माइल, डिसहोम एक्सन स्पोर्टस र नेप्टोसफोटो स्टोरी गरी सात विधाका उकृष्ट १६० फोटोहरू राखिएको थियो।

कसले के भने?

हाम्रो प्रकृति र समाजका विविध पक्षहरूको फोटो मार्फत गरिएको अभिव्यक्ति निकै मार्मिक र सन्देशमूलक रहेको छ। सम्बन्धित सबै फोटोग्राफरहरूलाई धन्यवाद सहित सफलताको शुभकामना व्यक्त गर्दछु। –पुष्पकमल दाहाल ’प्रचण्ड’ अध्यक्ष, नेकपा

फोटो पत्रकार क्लबद्वारा आयोजित फोटो प्रदर्शनी हेरेर धेरै प्रभावित भएँ। फोटोहरूको संकलन क्रममा जेजस्ता दृश्यहरू प्रस्तुत भए यिनमा विशेष कलाकारिता र कल्पनाशीलता त छँदैछ । यो प्रदर्शनीबाट हाम्रो राष्ट्रका समग्र जीवनका विचित्रता र विशिष्टताहरू झल्केको मैले पाएँ। धेरैधेरै धन्यवाद। –रामचन्द्र पौडेल, नेपाली कांग्रेस वरिष्ठ नेता

नेपाली सामाजिक सांस्कृतिक एवं जैविक विविधताको दृष्टिले अत्यन्त सम्पन्नमूलुक हो। यहाँको आर्थिक विकासको अवस्था भने असमान र विषम प्रकृतिको रहेको छ। पीडा खुशी चुनौती र सम्भावनाहरूलाई फोटोहरूले प्रतिविम्वित गरेको महसुश भएको छ। नेपाल र नेपाली समाजको एक झलक आर्थिक, समाजिक, सांस्कृतिक क्षेत्रका अध्ययन अनुसन्धानमा रुची राख्ने सबैका लागि सहयोग पुग्ने विश्वास लिएको छु। यो अवसर प्रदान गर्ने आयोजकसहित सम्बद्ध सबैलाई हार्दिक धन्यवादसहित आगामी दिनमा यस्तै थप रचनात्मक कार्यको अपेक्षा समेत राख्दछु। – शक्ति बस्नेत, मन्त्री, वन तथा वातावरण 

नेपाल झल्काउने प्रकृति र संवेदनाका तस्बिरहरूको प्रदर्शनी अवलोकन गर्ने अवसर प्राप्त भएकोमा मलाई अत्यन्तै खुशी लागेको छ। फोटो पत्रकार मित्रहरूले गर्नुभएको प्रयास सह्रानीय छ। यस्तै प्रकारका प्रदर्शनीहरू भैरहुन् जरुरी छ। यसका लागि फोटो पत्रकार क्लबका साथीहरूलाई धन्यवाद छ। –डा. शशांक कोइराला, महामन्त्री, नेपाली कांग्रेस 

सबै फोटो पत्रकारहरूले गरेको अत्यन्त उत्कृष्ट फोटोहरू अवलोकन गर्दा यो विधामा नेपालमा भएको विकास र यस क्षेत्रले गरेको प्रगतिबाट अत्यन्त आशावादी छु। नेपाली कला संस्कृति र सौन्दर्य मात्रै नभइ यसमा प्रतिविम्वित जीवनकला सुखदुःख र दैनिकीलाई राम्रोसँग चित्रण गरिएको प्रदर्शनी जित प्रशंसा गरेपनि कमी हुन्छ। सबै फोटो पत्रकारहरूको परिश्रम लगन र मेहनतको लागि सबैलाई बधाई छ। –हरिभक्त शर्मा, अध्यक्ष, नेपाल उद्योग परिसंघ

पिजेले आयोजना गरेको फोटो प्रदर्शनी हेर्ने अवसर पाएँ। फोटोले व्यक्त गरेका बेदना हाँसो, व्यथाहरू, संस्कृतिलाई व्यक्त गरेका छन्। यस्ता श्रृजनात्मक फोटोहरूले नेपालको विविधतालाई झल्काउँछ। भविष्यमा यस्ता फोटोहरूको प्रदर्शनी गरिराख्न पिजे क्लबलाई शुभकामना दिन चाहन्छु। –पशुपति मुरारका, पूर्वअध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ 

यी फोटोहरू हेरेर एकदमै मजा लिएँ। प्रदर्शनीमा राखिएका फोटोहरूले हाम्रो समाजमा रहेको वास्तविक संस्कृति परम्परा र जीवन शैली झल्काएको छ। हाम्रो देशमा विविध संस्कृति र परम्परा छन्। यस्तो प्रदर्शनीको लागि पिजे क्लबलाई शुभकामना दिन चाहन्छु। – कमलेश अग्रवाल, उपाध्यक्ष, नेपाल च्याम्बर अफ कमर्स

पिजे क्लवद्वारा आयोजना गरिएको विभिन्न विषयमा केन्द्रीत खिचिएका तस्बिरहरूको प्रदर्शनी राम्रो लाग्यो। विविध पक्षलाई समेट्ने प्रयत्न गरिएको छ। आगामी दिनमा पनि यस्ता आयोजना भइरहुन्। यस्तो कार्यक्रमलाई थप व्यवस्थित बनाउने कुरामा ध्यान पुर्‍याउनुपर्छ। आगामी दिनमा यस्तो कार्यक्रमलाई थप प्रभावकारी बनाउने कुरामा ध्यान पुर्‍याउन पर्छ। विविधतालाई समेट्ने र प्रस्तुतिमा प्राविधिक पाटोमा विशेष ध्यान पुर्‍याउन जरुरी छ। – ईश्वर पोखरेल, रक्षामन्त्री 

फोटो पत्रकार क्लब नेपालले आयोजना गरेको प्रतियोगितात्मक फोटो प्रदर्शनीमा सहभागी भएर फोटोहरू अवलोकन गर्न पाउँदा ज्यादै खुशी लागेको छ। संस्कृति, रहनसहन, जनजीवन, प्राकृतिक सौन्दर्य पर्यटकीयस्थल आदीको विभिन्न विधामा प्रदर्शनीले नेपालको सानो तस्बिर झल्काउन सफल भएको छ। सबै फोटो पत्रकार साथीहरूलाई बधाई। उत्कृष्ट कार्यका लागि फोटो पत्रकार क्लबलाई बधाई। धन्यवाद!! आगामी दिनमा अझै उत्कृष्ट प्रदर्शनीको लागि शुभकामना !! –रविन्द्र अधिकारी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री 

फोटो जर्नलिष्ट क्लबले २०७५-०४ र १६–२१ सम्म नेपाल आर्ट काउन्सिलमा राखेको फोटो प्रदर्शनी हेर्ने मौका मिल्यो। फोटोले आफ्नो समयको इतिहासलाई सुरक्षित राख्नुका साथै इतिहास जोगाउने महत्वपूर्ण कार्य गर्दछ। यस्ता प्रदर्शनीले इतिहास जोगाउनका साथै हाम्रो जनजीवन र संस्कार संस्कृतिको संवर्दधनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ। फोटो प्रदर्शनीका लागि आयोजक संस्था फोटो जर्न्लिष्ट क्लब र यससँग सम्बन्धित फोटो पत्रकार साथीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु। – कृष्ण बहादुर महरा, सभामुख, प्रतिनिधिसभा 

नेपाली जनजीवनका प्रकृतिक, सांस्कृतिक, धार्मिक तथा जनताका जीवनशैलीका समग्र पक्षलाई समेटिएको तस्बिर प्रदर्शनी धेरै सह्रानीय छ र उत्कृष्ट छ । आयोजकलाई बधाई छ। – अमृत बोहरा, स्थायी सतिति सदस्य, नेकपा 

नेपाली समाजको जीवन्त स्वरुपलाई तस्बिरमा उतार्न सफल आफ्नो पेशा र रुचीको काममा समर्पित परिकल्पना सहितको दृष्यको खोजीमा विशेष परिवेशलाई कैमरामा कैद गर्न सक्षम विभिन्न खुबी र क्षमता दखाउन सफल भएका नेपाली फोटो पत्रकार तथा फोटो संकलन प्रेमीहरूका तस्बिरहरू हेर्ने मौका यसपटक पनि जुराउने फोटो जर्नलिष्ट क्लबलाई विशेष बधाइ र शुभकामना। यसपटकको फोटो प्रतियोगितामा सफल, उत्कृष्ट व्यक्तिलाई विशेष बधाइ !! तपाईंहरूले नेपालको शान मान र विशेषतालाई सजीव ढंगले तस्बिरमा उतार्ने कामलाई निरन्तरता दिनु हुनेछ। विश्व फोटो प्रदर्शनी प्रतियोगितामा समेत सफलता प्राप्त गर्न सक्नुहुने विश्वास व्यक्त गर्दै तपाईंहरूको उत्तरोत्तर प्रगितको कामना गर्दछु। – माधवकुमार नेपाल, वरिष्ठ नेता, नेकपा 

पिजे क्लब नेपालले आयोजना गरेको यस फोटो प्रतियोगिताले समग्र रुपमा पर्यटन, सांस्कृतिक, धार्मिक नेपालमा रहेको पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग रहेको छ । यसले आउने दिनमा अझै यसको महत्वलाई बढाउने काम गरोस भन्ने शुभकामना दिन चाहन्छु । –चन्द्रप्रसाद ढकाल, आइएमइ ग्रुप

भनिन्छ नी तस्बिर आफैं बोल्छ!  सर्सर्ती हेरिरहँदा पीडा, प्रेम, पौरख, पसिना अनि प्रेरणाका अलगअलग तस्बिरहरूले समग्रमा हाम्रो देश बोल्यो । परम्परा बोल्यो अनि समग्रमा हाम्रो परिचय बोल्यो । हार्दिक बधाई सबै शिल्पी नजरलाई !! सिद्धहस्त सबै प्रस्तुतिलाई ।। पुष्पा भूसाल, केन्द्रीय सदस्य, नेका (सांसद) र विश्वप्रकाश शर्मा, प्रवक्ता, नेका

नेपाल फोटो प्रतियोगिता २०७५ मा समावेश  सात विधाअन्तर्गत ‘आइएमएस डेली लाईफ’ मा १ हजार १ सय ५३, कल्चर तथा टुरिजम’ मा १ हजार ५७, ‘नेपाल टेलिकम नेचर एन्ड वाइल्ड लाइफ’ मा १ हजार १८, ‘अर्घाखाची सिमेन्ट न्यूज फोटो’ मा ४ सय १६, ‘डिसहोम एक्शन स्पोर्टस’ मा ३ सय ६२, ‘शिखर इन्स्योरेन्स नेपाल स्माईल’ मा १ हजार १०  र  ‘नेप्टोस फोटो स्टोरी’ मा ५२ वटा फोटोकथाको ५ सय २० फोटोले  प्रतिस्पर्धा गरेको थियो।   

वल्र्डं प्रेस फोटोका निर्णायक मण्डलका सदस्य रहिसकेका भारतका वरिष्ठ फोटोपत्रकार पाब्लो बारथोलोमिओको अध्यक्षता रहेको निर्णायक मण्डलमा बरिष्ठ पत्रकार तथा बाह्रखरी डटकमका प्रधान सम्पादक प्रतिक प्रधान, बरिष्ठ फोटोपत्रकार एवम् क्लबका संस्थापक अध्यक्ष तथा सदृश्य डटकमका फोटो सम्पादक चन्द्रशेखर कार्की, बरिष्ठ फोटोग्राफर मणी लामा, काठमाडाैं विश्वविद्यालय स्कुल अफ आर्टका कार्यक्रम संयोजक सुजन चित्रकार र एजेन्सी फ्रान्स प्रेस (एएफपी) का फोटोपत्रकार एवम् क्लबका निर्बतमान अध्यक्ष प्रकास माथेमा रहेको प्रतियोगिताको उपाधी नरेन्द्र श्रेष्ठको फोटोले जितेको थियो।

काठमाडौंमा नेपाल आर्ट काउन्सिल बबरमहलमा  प्रदर्शनी गरिएका फोटोहरूकोे काठमाडौं बाहिर भने विराटनगर, भैरहवा, पोखरा, नेपालगन्ज र धनगढीमा प्रदर्शनी यसैवर्ष सम्पन्न गरिनेछ।

प्रतियोगितामा नेपाल पर्यटन बोर्डको सहकार्य, आइएमई र ग्वोबल आइएमई बैंकको मुख्य प्रायोजन रहेको छ। यस प्रतियोगितालाई आईएमएस, अर्घाखाची सिमेन्ट, शिखर इन्स्योरेन्स, डिसहोम र नेप्टोसले विधागत प्रायोजक गरेका छन् भने साहस स्पोर्टस, विपी कोइराला भारत–नेपाल प्रतिष्ठान, सिटी एक्सप्रेस, सियाट टायर, एडभेन्चर स्पोर्टस,  भाएनेट, राष्ट्रिय खेलकुद परिषदलगायतका संस्थाहरूले सहयोगीको भूमिका निर्वाह गरेका छन्। 

प्रतियोगिताको मेडिकल पार्टनर स्टार हस्पिटल, हस्पिटालिटी पार्टनरमा क्लासिक मःमः, बज्र होटल रहेको थियो भने  प्रतियोगिताको प्रचार सहकर्मीमा न्युज एजेन्सी नेपाल रहेको छ भने फोटो प्रिन्ट पार्टनरमा फोटो हलिउड रहेको थियो।

मिडिया पार्टनरमा कान्तिपुर दैनिक, द काठमाडौं पोष्ट, नागरिक दैनिक, रिपब्लिका अंग्रजी दैनिक, शुक्रबार साप्ताहिक, अन्नपूर्ण पोष्ट, नेपाल समाचारपत्र, राजधानी, नयाँ पत्रिका दैनिक, कारोबार राष्ट्रिय आर्थिक दैनिक, आर्थिक अभियान दैनिक, हिमालय टाईम्स, आर्थिक दैनिक,  पोखरा हटलाइन, पश्चिमटुडे, दैनिक नेपालगन्ज र क्यापिटल बिजनेस म्यागजिन छन्। यसैगरी टेलिभिजन पार्टनरमा कान्तिपुर टेलिभिजन, एपि वान टेलिभिजन, इमेज च्यानल, हिमालयन टेलिभिजन, एबिसी टेलिभिजन र जनता टेलिभिजन छन्। अनलाइन पार्टनरमा इकान्तिपुर डटकम, नागरिक न्युजडटकम, माइरिपब्लिका डटकम, अनलाइनखवर डटकम, अन्नपूर्णपोष्ट डटकम, ईनयाँपत्रिका डटकम पहिलोपोष्ट डटकम, बाह्रखरी डटकम, माइसन्सार डटकम, नेपालखबर डटकम, नेपाललाइभ डटकम, देशसञ्चार डटकम, थाहाखबर डटकम, विजमान्डु डटकम, सदृश्य डटकम, क्लिकमान्डू डटकम, रातोपाटी डटकम, लोकान्तर डटकम, माइन्यूजनेपाल डटकम, क्यापिटलनेपाल डटकम, हाम्राकुरा डटकम, मेरोलगानी डटकम, कर्पोरेटनेपाल डटकम रहेका थिए। उज्यालो नेटवर्क र सिटीजन एफएम रेडियो पार्टनर रहेका थिए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.