|

हेटौँडा : भूकम्पपीडितको निर्माण भएको घर निरीक्षण गरेवापत घुस माग्ने मकवानपुरको थाहा नगरपालिकाका एक प्राविधिक पक्राउ परेका छन्। उनलाई थाहा नगरपालिका- ३ कार्यालयबाट पक्राउ प्रहरीले गरेको हो। 

थाहा नगरपालिका भवन तथा प्राविधिक निर्माण शाखामा कार्यरत सवइन्जिनियर कमलराज न्यौपानेलाई प्रहरीले पक्राउ गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिए। वडा नम्बर- २ का भूकम्प प्रभावित मीनप्रसाद ढकालसँग घुस मागेको सूचनाको आधारमा पुगेको इलाका प्रहरी कार्यालय पालुङको टोलीले उनलाई नगद दुई हजार रुपैयाँसहित पक्राउ गरेको हो। 

वडा- ३ कार्यालयको शौचालयमा रकम लिँदै गर्दा पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय पालुङमा राखिएको छ। पक्राउ परेका न्यौपाने कालीकोट रासिकोट– १ का स्थायी बासिन्दा रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.