|

दैलेख :  जिल्लामा एकमहिने वर्षे मेला (लाखे जात्रा) सुरु भएको छ। विशेषगरी भगवान् कृष्णको जन्मलीलासँग सम्बन्धित यो मेला अवधिभर मौलिक कला संस्कृति प्रदर्शन गरिन्छ। 

घण्टाकर्ण पर्वमा सुरु हुने मेला श्रीकृष्ण जन्माष्टमीमा भगवान् कृष्णको जन्मसँगै लाखेको बध गरी समापन हुन्छ। विशेषगरी नेवार समुदायले मनाउँदै अाएको यो मेलाबाट अहिले सबै समुदायका मानिसले मनोरञ्जन लिने गरेका छन्। यो मेलाले धार्मिक, साँस्कृतिक, तथा सामाजिक सद्भाव कायम गरेको सामाजिकअगुवाहरू बताउँछन्। 

यो मेलालाई खेतबारीमा व्यस्त भएका किसानले मनोरञ्जन लिने अवसरको रूपमा पनि लिइन्छ।  यो समयमा राडीपाखीजस्ता स्थानीय उत्पादनले समेत राम्रो बजार पाउने भएकाले यो अवधिलाई यहाँ विशेष महत्त्व दिइन्छ। 

न्यु ज्वाला क्लब पुरानो बजार, भगवती युवा क्लब भगवती टोल, एभरेष्ट क्लब नयाँ बजार र सुनगाभा युवा क्लब गणेश टोल लगायत स्थानीय क्लबहरूले यो वर्ष मेला सञ्चालन गरेका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.