अर्थ

३५ करोडमा सार्कस्तरीय प्रदर्शनी कक्ष निर्माण हुने
SHARES

Representative Photo
साउन २५, २०७५

    काठमाडौं : नेपाल घरेलु तथा साना उद्योग विकास समितिले लघु, घरेलु तथा साना उद्योगलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सार्कस्तरीय प्रदर्शनी कक्ष निर्माण गर्ने भएको छ। 

    लामो समयदेखि लघु, घरेलु तथा साना उद्योगको विकास र विस्तारमा महत्वपूर्ण भूमिका खेलेको समितिले काठमाडौंको बत्तिसपुतलीमा सार्कस्तरीय लघु, घरेलु तथा साना उद्योग प्रदर्शनी तथा बिक्री कक्ष निर्माण गर्न लागेको हो। ३५ करोडको लागतमा एउटा ठूलो र दुई मध्यम हलसहित ६ तल्ले भवन निर्माण गर्न लागिएको समितिका प्रवक्ता विश्वरमण आचार्यले जानकारी दिए। उक्त भवन ११ रोपनी क्षेत्रफलमा निर्माण गरिनेछ । 

    ‘भवन निर्माणले लघु, घरेलु तथा साना उद्योगको विकासमा सहयोग पुग्नेछ’, आचार्यका भनाइ छ। भवन निर्माणका लागि सरकारले चालू आवमा दुई करोड १० लाख विनियोजन गरेको छ। सो भवन बहुवर्षीय योजनाअनुसार निर्माण हुनेछ। हाल समितिले देशभरका लघु, घरेलु तथा साना उद्योगको प्रदर्शनी काठमाडौँको भृकुटीमण्डपस्थित हलमा गर्दै आएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]